
धुलिखेल÷काभे्रपलाञ्चोक जिल्लामा बाढी र पहिरोपछि उद्धार, राहत तथा पुनःस्थापनामा एक द्धार प्रणालीको विकास गराउन नौ वटा क्लष्टर बनाएर काम थालिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा पुर्वाधार, कृषि तथा पशुपन्छी, आवास, स्वास्थ्य, शिक्षा, बजार अनुगमन, सुरक्षा, खानेपानी, सामाजिक विकास, सहजीकरण र समन्वय क्लष्टर बनाएर कार्य सुरु भएको हो ।
काभ्रेपलाञ्चोक जिल्लामा सोमबारमात्रै हाजिर हुनु भएको प्रजिअ उमेश ढकालले फरक क्लष्टर बनाएर काम सुरु गरेको जानकारी दिनुभयो । मंगलबार सर्वदलीय बैठक र त्यसपछि गैरसरकारी क्षेत्रका सरोकारवाला निकायसँगको छलफलपछि क्लष्टर बनाएर राहत, उद्धार र पुनः निर्माणलाई प्रभावकारी बनाउन लागिएको उहाँले उल्लेख गर्नुभयो ।
प्रअिज ढकालले जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई आफ्नो स्थानीय तहमा भएको क्षतीको विवरण संकलन गर्न निर्देशन दिनुभएको छ । सबै स्थानीय तहका जनप्रतिनिधीसँग समन्वय गरेर उद्धार तथा राहतको कार्यलाई प्रभावकारी बजाउन समन्वय गरिरहेको उहाँले भन्नुभयो ।
बैठकमा जिल्ला समन्वय प्रमुख दीपक गौतम, जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख एसपी बसुन्धरा खड्का, राष्ट्रिय अनुशन्धानको प्रमुख शेरजङ्ग चन्दको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया