
बनेपा÷उद्योगी व्यापारीले मान्ने भिमसेन महाराजलाई साक्षी राखेर काभ्रेका उद्योगी व्यापारीले एकताको सन्देश छरेका छन् । केही महिना अघि काभ्रे उद्योग वाणिज्य संघमा निर्वाचनबाट नेतृत्व छानिएको थियो । निर्वाचनमा जतीले विजय हासिल गर्छ त्यती नै संख्यामा पराजय पनि हुन्छ । सोही कुरा बुझेका व्यापारीले भिमसेन जात्राको अवसरमा प्रसाद ग्रहण सुकुल भोज तथा उद्योगबीचको एकताको सन्देश प्रवाह गरेका हुन् ।
काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा अरनिको सभा भवनमा भएको कार्यक्रममा उद्योगीमात्रै सहभागी भएनन् । नागरिक समाज, सुरक्षाकर्मी, पत्रकार, समाजसेवी, प्रदेश, केन्द्र र जिल्लाका अन्य उद्योग वाणिज्य संघका व्यापारीपनि सहभागी भएका थिए ।
रोचक कुरा त के छ भने सो जात्राको प्रसाद ग्रहणका लागि काभ्रेका निर्वाचित सांसदहरु, स्थानीय तहका जनप्रतिनिधीहरुको सहभागिता रहेको हो । त्यस्तै जिल्ला र नगरमा रहेका रााजनीतिक दलका नेतृत्वको पनि सोही प्रसाद ग्रहण कार्यक्रममा सहभागिता थियो ।
निर्वाचनपछि सबै उद्योगी व्यापारीलाई एकै थलोमा राखेर सौहार्दता वातावरणमा गरिएको भेलाले एकताको सन्देश दिएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष्न अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, वागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य मञ्जुकुमार कोजू लगायतको उपस्थिती रहेको थियो ।
उद्योगी व्यापारीको साझा रुपमा मान्ने भिमसेनले सबैको रक्षा गर्न र निर्वाचनपछि सबैलाई एकैथलोमा भेला गराउने सुकुल भोजले महत्वपुर्ण भुमिका खेलेको थियो । उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष प्रताप वैद्यले झट्ट हेर्दा भोज जस्तो देखिएपनि त्यो भोज नभएर काभ्रेका उद्योगीबीचको एकताको सन्देशको रुपम रहेको उल्लेख गर्नुभयो । उहाँले उपस्थित हुने र कार्यक्रमको सोभा बढाउने सबैलाई धन्यवाद दिनुभयो ।

तपाईको प्रतिक्रिया