
बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको गोसाईस्थान र मण्डनदेउपुरमा रहेको महादेवपोखरीमा हरेक बर्ष मेला लाग्ने गरेको छ । सो मेला भर्न हजारौ मानिसहरु पुग्ने गरेका छन् । सोही कुरालाई ध्यानमा राखेर नेकपा एमाले निकट युवा संघ नेपाल बनेपा नगरकमिटीले गोसाईस्थानमा आउने तिर्थयात्रुलाई निःशुल्क खानेपानीको व्यवस्था गरिएको छ ।
विगतका बर्षहरुमा जस्तै यो बर्षपनि तिर्थालुलाई खानेपानीको व्यवस्थापन गरेको युवा संघ बनेपा नगर कमिटीका अध्यक्ष सविन घिमिरेले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा खानेपानीको सेवा दिएको घिमिरेले उल्लेख गर्नुभयो ।
पानीसँगै तिर्थयात्रुका लागि निःशुल्क जुस खुवाएको घिमिरेले बताउँदै त्यसका लागि नेकपा एमाले बनेपाले पनि सहयोग गरेको बताउनुभयो ।
त्यस्तै योङ कम्युनिस्ट लिग(वाइसिएल) मण्डनदेउपुर नगरकमिटीले प्रशिद्ध तिर्थस्थल महादेवपोखरीमा आउने भक्तजनका लागि निःशुल्क खानेपानी वितरण गरेको छ । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा खानेपानी वितरण गरेको उहाँले जानकारी दिनुभयो । युवाले नेतृत्व गरेपछि केही फरकपन दिने र युवालाई राजनीतिमा आकर्षण गर्न नयाँ काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँहरुको कार्यलाई प्रोत्साहन दिन माओवादीका नेता एंव सांसद सुर्यमान दोङ लालध्वज, प्रदेश सासद रुकु चौलागाई नगरकोटसम्म पुग्नु भएको थियो ।

तपाईको प्रतिक्रिया