चण्डेश्वरी जात्रामा जस्तै यो पटक गोसाईस्थान मेलाको जात्रामा पनि सुन चोरी भएको छ । विगतका बर्षहरुमा चोरीका घटना नहुने भएपनि यो बर्ष विशेष गरेर सुनका सिक्री चोरी भएको हो । मेलामा सोमबार बनेपा–६ कै स्थानीय महिलको सुनको सिक्री चोरी भएको हो ।
मेला संचालन समितिका अध्यक्ष भेषराज साहले सुनको सिक्री चोरी भएको प्रहरीलाई जानकारी दिएको बताउनुभयो । उहाँले बील विना कुनै पनि सुन नकिन्न र कसैले हराएको प्रकृतिको सुन बेच्न ल्याएमा सूचना दिन अनुरोध गर्नुभयो ।
केही महिना अघि चण्डेश्वरी जात्रामा समेत नौ जनाको सुन चोरी भएको थियो । सो समयमा चोरहरुको भिडियो सार्वजनिक हुँदा पनि बनेपा प्रहरीले चोरलाई नियन्त्रण लिन सकेन । हरेक बर्ष बनेपा गोसाईस्थानमा जनैपुर्णिमाको अवसर पारेर मेला लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया