धनेश्वर बगैचामा समाजका अग्रजका नाउँमा बृक्षारोपण

 

बनेपा÷धनेश्वर बगैचालाई सुन्दर आकर्षित र पर्यटकीय केन्द्रको रुपमा अघि बढाउन सामाजिक रुपमा अघि रहेका विभिन्न व्यक्तित्वको नाउँमा शनिबार बृक्षारोपण गरिएको छ । धनेश्वरलाई पर्यटकीय र शैक्षिक रुपमा अब्बल बनाउन भुमिका खेलिरहेका धनेश्वरकै युवा अनिरुद्र थापा र अष्ट्रेलियामा बसोबास गर्दै आएका राजेन्द्र थापाको अगुवाईमा धनेश्वर बगैचा क्षेत्रमा १०५ वटा विरुवा रोपिएको हो । बिरुवा रोप्नु महान कार्य हो तर त्यो भन्दा पनि महान् कार्य भनेको बिरुवा जोगाउनु र हुर्काउनु भएकाले समाजका विभिन्न क्षेत्रका ब्यक्तिहरुको नाम राखेर उहाँहरुकै हातबाट बिरुवाको बृक्षारोपण गरिएको छ ।


विरुवा संरक्षण, विरुवाको रेखदेख तथा नियमित मर्मत सम्भारका लागि जिम्मेवार बनाउने गरी नाम राखिएको अनिरुद्र थापाले जानकारी दिनुभयो । पनौती नगरपालिकाका निर्वतमान प्रमुख भिम न्यौपाने तथा समाजकै अग्रज सदस्य रणबहादुर थापाले विरुवा रोपेर सो कार्यको थालनी गर्नुभएको थियो । कार्यक्रममा वर्तमान जनप्रतिनिधिहरु, स्थानीय विभिन्न क्षेत्रका ब्यक्तिहरु, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, बिबिसी फुटवल क्लबका अध्यक्ष महेश कर्माचार्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, बनेपा हेल्थ केयरका प्रमुख शिव पौडेल, कुशादेवी मावि व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापा, समाजसेवी रामकुमार बस्नेत, सशस्त्र प्रहरी निरीक्षक दिलबहालुर बडुवाल, समाजसेवीहरु सुजन थापा, सहकुल थापा, सन्तोष थापा,सामाजिक क्षेत्रमा सक्रिय भएका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागितामा बिरुवा रोपिएको हो । वृक्षारोपण गरिएका विरुवाहरुको संरक्षणका लागि स्वयम् ब्यक्तिहरुलाई जिम्मेवार बनाउने गरी नामावली राखिएको आयोजक अनिरुद्र थापाले उल्लेख गर्नुभयो ।

त्यस्तै, साविकको आईटी पार्क हालको सुरक्षण मुद्रण प्रेसमा राखिएको विपद ब्यवस्थापनका लागि राखिएको शशस्त्र प्रहरी बल अन्र्तगत सशस्त्र प्रहरी निरिक्षक दिलबहादुर बढुवालको टोली समेत सहभागि भएको थियो । सो बगैचाको सफाई लगायतको कार्य सोही टोलीले गरेर तयारी अवस्थामा राखिदिएको थियो । बंगैचा र धनेश्वर क्षेत्रलाई हरियाली र वातावरण मैत्री बनाउने उदेश्यले २० हजार १ सय ७५ रुपैयाका विरुवाहरु रोपण गरिसकेको अनिरुद्र थापाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया