क्यान्सरसँग जुधिरहेकी कालिकालाई ५४ हजार सहयोग हस्तान्तरण

 

पाठेघरको क्यान्सरसँग जुधिरहेकी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० माझी गाउँकी ५० बर्षकी कालिका माझीलाई सामाजिक संञ्जाल मार्फत सुमन नेपालले संकलन गरिएको ५४ हजार ५१७ रुपियाँ आज माझीलाई परिवारलाई हस्तान्तरण गरिएको छ । दुई दिनमै सामाजिक संञ्जालमा सहयोगको आव्हान गरेपछि उहाँलाई रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम बुझेसँगै आफूलाई बाँच्न आशा झन पलाएको बताउनुभयो ।
सहयोग रकम पाएको माझी बाँच्ने ठूलो रहर छ । पित्तथैलीमा पत्थरीको उपचार गराउन अस्पताल आउनु भएको उहाँलाई पित्तथैलीको उपचारपछि समस्या समाधान हुन नसकेपछि मेडिकल कलेज जोरपाटीबाट पाठेघरको क्यान्सर भएको पत्ता लाग्यो । त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउनु भएको उहाँको परिवारसँग भएको र आफन्त र ईष्टमित्रसँग मागेको पाँच लाखभन्दा धेरै रकम खर्च भइसकेको छ ।

पत्थरीपछि क्षयरोगको लक्षण देखायो त्यसपछि क्यान्सर भन्ने पत्ता लागेपछि उहाँको परिवार उपचार गराउन नै समस्यामा परेको छ । हरेक पटक अस्पताल लिएर जाने भनेपछि पैसा खोज्न जानु पर्ने र खोज्ने ठाउँ पनि सकिएपछि उपचार कसरी गराउने भन्ने समस्यामा पर्नुभएको छ ।
उहाँहरुले माग्ने र सहयोगको लागि दाता खोज्ने भनेको भगवानमात्रै हो । सामाजिक संञ्जाल मार्फत देश विदेशमा खर्च जुटाउने माध्यम छैन । टेलिफोन उठाउने र हेल्लो भन्ने बाहेकको थप कुरा उहाँहरु जान्नु हुन्न । तर धेरैले सहयोग जुटाएर उपचार गरेको सुन्दा आफूले पनि सहयोग पाउने आसा भने जिवितै राख्नु भएको छ । उपचारको लागि हजारौं रकम आवश्यक पर्ने भएपछि उहाँहरु सहयोगी दाताको खोजिमा हुनुहुन्छ । खेती किसानी गर्ने र ईमान्दार बनेर काम गर्ने सिमान्तकृत माझी समुदायको उहाँको पती चक्रबहादुर माझी सहयोग पाए श्रीमती बाँच्ने आशामा हुनुहुन्छ ।
एउटै किमोको ३६ हजार रुपियाँ खर्च हुने नियमित रुपमा औषधिको सेवन गर्नुपर्ने भएकाले दाताले सहयोग गरे बाँच्ने आशा पलाएको बताउनुहुन्छ । नियमित औषधि सेवन र उपचारले निको हुने चिकित्सकले बताएकाले आशा पलाएको उहाँले उल्लेख गर्नुभयो ।
एउटा गरिबले उपचार पाएर मर्नु पर्ने हो भन्दै उहाँले सरकार, सहयोगी, देश विदेश बस्ने मनकारीसँग सहयोगको याचना गर्नुभएको छ । उहाँलाई कसैले सहयोग गर्न चाहनुहुन्छ भने उहाँको खातामा सिधै सहयोग रकम जम्मा गरिदिन सक्नुहुनेछ ।

 

तपाईको प्रतिक्रिया