सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
मन्त्री गुरुङले मित्र राष्ट्रहरु चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत नेपाली आवासीय राजदूतहरुलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी र्फिता बोलाउने जानकारी दिनुभयो ।
यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका कार्यलय र कार्यक्रमहरुको लागि आव २०८१-८२ का लागि आवश्यक राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । यसका साथै बैठकले अन्य ८ वटा निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया