धुलिखेल÷अरनिको राजमार्गको धुलिखेलदेखि खाँवासम्मको चार किलोमिटर सडक बन्न नसक्दा चार जिल्लाका नागरिक प्रभावित बनेका छन् । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका नागरिक मारमा पर्दा स्थानीय सरकार रमिते बनेर बसेका छन् । यो सडक नबन्दा सबैभन्दा धेरै असर धुलिखेल र पाँचखालका नागरिकलाई परेको छ ।
हजारौं यात्रुले समस्या झेल्दा अनेकौ फन्डा सामाजिक संञ्जालमा ओकल्ने धुलिखेल नपाका मेयर अशोक व्याञ्जूले एक शब्द लेख्न सकेका छैनन् । त्यस्तै अर्का सेलिब्रेटी तथा पाँचखालका मेयर महेश खरेलको वाक्य फुट्न सकेको छैन । उनीहरु यतीबेला जनताको नजरमा विचरा भएका छन् । सदनमा सो सडक नबने अनशन बस्ने चेतावनी दिने संघीय सांसद गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो असहजताको बारेमा चु पनि नबोलेको गुनासो जनताको छ । अर्का सासद सूर्यमान दोङ लालध्वजको आवाज नसुनेको धेरै भो । समानुपातिको गणना काभ्रेमा खासै हुँदैन । भुमिका पनि खेलेका छैनन् ।
प्रदेशका सांसद रत्न ढकाल,तिर्थ लामा, लक्ष्मण लम्साल र कंञ्चनचन्द्र वादेको आवाज सो सडकका बारेमा थुनिएको छ । प्रत्यक्षले नबोलेको कुरा समानुपातिकले कहाँबाट गर्नु । स्टन्ट र भाषणबाट बन्ने भए यो सडक बनिसक्थ्यो । पूर्व माननीय र मन्त्री कहाँ पुगे जनतालाई थाहा छैन ।
आफ्नो ज्यान नै जोखिम पारेर अनशन बसेका जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमको समय सिमाले तेश्रो पटक नेटो काटेर सडक नै अबरुद्ध भएपछि उनले मुख देखाउन सक्ने अवस्था देखिएको छैन । दलका पुच्छर समाएर रमाएका चौथो अङ्गको भुमिका यो सडकखण्डमा कमजोर देखिएको आम जनताको बुझाई छ । तर पत्रकार त्यो सहजै मान्न तयार छैनन् ।
जनता भने नेता र पत्रकारको खोजि गरिरहेका छन् । बलिया ठेकेदारको दानापानीको करामत हो कि पहुँच नपुगेको हो भन्दै सडकमा चिप्लिएर हात भाँच्ने नागरिक प्रश्न गरिरहेका छन् ।
बाटो बिग्रिएर नआएपछि केही विद्यार्थीको परीक्षा नै छुटेको छ । ती विद्यार्थीका अभिभावक काभ्रेका नेता खोज्दै छन् ।
धुलिखेल खाँवा सडकमा नेता खोज्दै जनता
2024-07-10T14:12:10+05:45
तपाईको प्रतिक्रिया