बनेपा÷एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेले एसईई उत्र्तिण विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरेको छ । सम्मानसँगै बाँकी शैक्षिक गन्तब्य सहितको जीवनका लक्ष्यहरु निर्धारण गर्ने गरी ‘क्यारियर काउन्सिलिङ्ग’ बाट विद्यार्थीहरु प्रभावित भएका छन् ।
अखिल काभ्रेका अध्यक्ष मिलनकुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बाँस्कोटा प्रमुख अतिथी थिए ।
बााँस्कोटाले विद्यार्थीहरुलाई देशको नेतृत्व गर्न सक्ने सक्षम जनशक्तिका रुपमा तयार हुन मेहनत, इमान्दारिता र लगनशिलताका साथ अध्ययन गर्न सुझाव दिए ।
प्रतिनिधि सभा सांसद समेत रहेका एमाले नेता बास्कोटाले बालबालिकाहरुलाई जसरी सक्षम चिकित्सक, शिक्षक जस्ता ब्यक्तिहरुले ब्यक्तिलाई राम्रो बनाउन सक्छन् त्यसरी नै राम्रो विद्यार्थीले राजनीति गर्दा मात्रै मुलुकलाई स्वस्थ बनाउन सक्ने भएकाले अध्ययनसँगै मुलुक निर्माणका लागि राजनीतिमा सक्रिय हुन सुझाव दिए ।
कार्यक्रममा एमाले काभ्रे जिल्ला कमिटीका अध्यक्ष राजन भुर्तेलले अध्ययनका लागि विद्यार्थीहरु जुन मुलुक पुगे पनि सीप र ज्ञान सिकेर नेपाल फर्केर मुलुकलाई आत्मनिर्भर बनाउन अनुुरोध गरे ।
कार्यक्रममा प्रशिक्षक विकासदेव योञ्जन तामाङले विद्यार्थीहरुले आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा क्यारियर काउन्सिलिङ्ग गराएका थिए
तपाईको प्रतिक्रिया