बनेपामै यातायात ब्यवस्था कार्यालय


बनेपा । काभ्रेपलान्चोक जिल्लाको बनेपा ६ बुडोलमा यातायात ब्यवस्था कार्यालय सञ्चालनमा आएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले शनिबार एक कार्यक्रमका बीच यातायात व्यवस्था कार्यालयको उद्घाटन गरे संग उक्त कार्यालयबाट आईतबार देखि सेवा सुरु हुने छ ।
उद्घाटन मन्तव्य दिँदै श्रम रोजगार तथा यातायात मन्त्री लम्सालले राष्ट्रिय राजमार्ग जोडिएको बनेपामा यातायात व्यवस्था विभागको कार्यालय रहनु महत्वपूर्ण कुरा भएको बताए । अरनिको राजमार्ग भएर चीन र विपि राजमार्ग भएर भारतसँग सीमा जोडिन पुग्ने महत्त्वपूर्ण राजमार्गमा कार्यालय स्थापना हुनु ऐतिहासिक महत्त्व भएको बताए । कार्यक्रममा प्रदेश सरकारले रोजगारी सृजनाको कार्यक्रम अघि बढाएको रोजगारी सृजनाको लागि ठोस कार्यक्रमसहित अघि बढ्न बजेटमा व्यवस्था गरेको मन्त्री लम्सालले बताए ।
बनेपा कार्यालयबाट पाँचवटा जिल्लाले सेवा पाउने कार्यालयले जनाएको छ । बनेपा कार्यालयबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछाप जिल्लाबासीले सेवा पाउने कार्यालयले जनाएको छ ।


प्रदेश सरकारले साउन महिनाबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी गरिएको छ । उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, रुकु चौलागाईं, जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपककुमार गौतम, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी सुर्य सेढाई, यातायात ब्यवसायी आत्मराम थापा लगायतले यातायात क्षेत्रका समस्या र समाधानका लागि जिल्लामा रहेका कार्यालयहरुले प्रदान गर्ने सेवा प्रभावकारी हुनुपर्ने बताएका थिए ।
बनेपा यातायात कार्यलयबाट प्रारम्भिक चरणमा सवारी दर्ता÷नामसारी÷नविकरण÷प्रतिलिपि जारी, सवारी जाँचपास (प्राविधिक निरीक्षण÷परीक्षण) सम्बन्धी कार्य, बाटो इजाजात (रुट परमिट) प्रदान र नविकरण सम्बन्धी सेवा प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया