
बनेपा – जिल्ला युवा समिति काभ्रेले तीस जना किशोरीहरु लाई आत्मरक्षाको तालिम दिएको छ । जिल्ला युवा समितिद्वारा आयोजित दुई–दिने महिला आत्मरक्षा तालिममा एकै उमेर समूहका कलेज पढ्ने युबतीहरुलाई उक्त तालिम दिएको हो । जिल्ला युवा समितिले युवतीहरुको सुरक्षा र रक्षार्थको लागि भन्दै आत्मरक्षा तालिम बाट उनीहरूमाथि विभिन्न ठाउँमा भइरहेको, हुन सक्ने दुर्व्यवहारको प्रतिरक्षा गर्न आफैं सवल हुने र हुन सक्ने हरेक दुर्व्यवहारको प्रतिरक्षा र सामना गर्न सक्ने प्रतिरोध गर्न सक्नेसम्म बनाउन उक्त तालिम दिएको जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाले जानकारी दिए । असार १४ र १५ गते भएको आत्मरक्षा तालिममा दुई जना महिला प्रशिक्षकहरुले सहभागीहरूलाई प्रशिक्षित गरेका थिए ।
जिल्ला युवा समिति काभ्रेले आयोजित दुईदिनको समय राखी महिला आत्मरक्षा तालिमको शनिबार समापन गरिएको छ । तालिममा जिल्लाभरका तीस जना किशोरीहरु सहभागी भएका थिए ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति काभ्रेका उपाध्यक्ष रिम बहादुर तामाङ्गले गरेका थिए । उनले महिलाहरूको सुरक्षा र सशक्तिकरणका लागि यस्ता तालिमहरूको आवश्यकता र महत्त्वबारे आफ्नो मन्तव्य राख्दै, सहभागी महिलाहरूलाई तालिमबाट प्राप्त सीपहरू दैनिक जीवनमा लागू गर्न अपिल गरेका थिए ।
उनीहरूले सर्व प्रथम मानसिक रूपमा आफू दुव्र्यवहारमा वा हिंसामा परेको कुरा चेलीहरुले महसुस गर्नु पर्ने बताए । कार्यक्रममा युवा समितिका सल्हाकार रोशन पाण्डेले उनीहरूले त्यस्ता घटनाको सार्वजनिक गर्नु पर्ने कानुनसम्म पुर्याँउँदै गर्दा ढिला र क्षति भैसक्ने भएकोले यस्तो तालिम प्रभावकारी हुने बताए । उनले त्यस्तो घटनाहरुमा कारबाही गर्नुपूर्व नै गरिने तयारीले त्यस्ता कुरा हुन बाट नैं रोक्ने कुरालाई बुझाउँदै, आफ्नो शारीरिक सुरक्षाको लागि कराते, जूडो, र अन्य मार्शल आर्ट्सका आधारभूत सिद्धान्तहरू प्रयोग गर्न सकिने बताए । उनले अहिलेको हिंसा र दुर्व्यवहारको घटनाको प्रकृतिमा प्रविधि मार्फत समेत हुने गरेको भन्दै सरोकारवाला निकायले त्यस्ता सामाजिक सञ्जाल र प्रविधिहरु नियमन गर्न आवश्यक नीति नियम कानुन समेत आबस्यक रहेको बताए । तालिममा संकटको समयमा कसरी प्रतिक्रिया जनाउने, कसरी आक्रमणकारीलाई निष्क्रिय बनाउने र कसरी भाग्ने उपायहरूको समेत अभ्यास गराइएको थियो ।
तालिममा सहभागीहरुले तालिमको समापन पछि भने, “यो तालिमले आफूहरुलाई आत्मविश्वासी बनाएको र अहिले आफूलाई र आफ्नो परिवारलाई सुरक्षित राख्नका लागि केही महत्वपूर्ण सीपहरू जान्न सफल भएको प्रतिक्रिया दिएका छन् ।“
कार्यक्रमको समापन समारोहमा सहभागी किशोरीहरूलाई अध्यक्ष प्रकाश थापा, प्रशिक्षकहरुले प्रमाणपत्र वितरण गरिएको थियो ।

जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाले भने “महिलाहरूको आत्मरक्षा र सुरक्षाका लागि यस्ता तालिमहरू निकै महत्वपूर्ण छन् । हामीले पछिल्लो वर्षहरूमा युवाको सीप विकास तालिम र स्वरोजगार बनाउन विभिन्न शीर्षकमा तालिम दिँदै आएका थियौं तीन सय युवाहरूलाई त्यस्ता सीप विकास तालिम दिएर स्वावलम्बनको बाटोमा हिडाएका छौ त्यसको प्रतिफल तत्काल नदेखिए पनि कलान्तरमा पक्कै राम्रो आउनेछ, युवा समितिले युवालाई रोजगारी उन्मुख मात्रै गराउने भन्दा पनि उनीहरूको समस्या समाधान र आबस्यकता लाई समेत हेरेर महिला आत्मरक्षाका तालिम ल्याएको उनले बताए । उनले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्ने बताए ।
थापाले तालिमको मुख्य उद्देश्य किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी आधारभूत सीप र ज्ञान प्रदान मुख्य बिषय भएको बताए । जसले गर्दा उनीहरूले आफूलाई विभिन्न खतराबाट सुरक्षित राख्न सकून् भन्ने हो यो जीवनउपयोगी विषय पनि हो ।

तालिममा सहभागी महिलाहरूलाई आत्मरक्षाका विभिन्न प्रविधि र रणनितिहरू सिकाइएको थियो । कार्यक्रममा कराते, जूडो, तथा अन्य मार्शल आर्ट्सका व्यक्तिहरूले प्रशिक्षण दिएका थिए। उनीहरूले संकटको समयमा कसरी संयमित रहनु पर्छ र कसरी आत्मरक्षाका उपायहरू प्रयोग गर्नु पर्छ भन्ने विषयमा सिकाएका थिए । समापन समारोहमा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। उपस्थित अतिथिहरूले तालिमको महत्त्व र यसले महिलाहरूको जीवनमा पु¥याउने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए । कार्यक्रमले महिलाहरूमा आत्मरक्षा र सुरक्षाप्रति सजगता बढाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया