पनौतीको नीति तथा कार्यक्रममा क्रममा स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता


पनौती÷ काभ्रे जिल्लामै ठूलो बजेट ल्याउने पनौती नगरपालिकाको १५ औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।
नगर प्रमुख रामशरण भण्डारीले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १ अर्ब ६० करोड बजेट विनियोजना गरेको जानकारी दिएका छन । नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता दिएको छ ।
खानी प्रभावित क्षेत्रको पुर्वाधार विकासका लागि विशेष बजेटको व्यवस्था गरिने, नगर धुलोरहित शहरलाई मुर्तरुप प्रदान गर्नका लागि मिनि बुमर, खरिद र पनौतीका दक्षिण क्षेत्रबाट विश्वसम्पदा सुचीमा प्रस्तावित क्षेत्र पनौती ६ र ७ प्रवेश गर्ने प्रत्येक सवारीसाधनको चक्का धुने व्यवस्था मिलाउन नीजि लगानीकर्तालाई उत्प्रेरणा गरिने उल्लेख गरिएको छ ।
पनौतीमा रहेको तरकारी बजार क्षेत्रलाई व्यवस्थित गरिनुका साथै देशका अन्य ठुला शहरमा रहेका तरकारी तथा कृषि बजारसँग आवद्ध गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

पनौती नगरपालिका क्षेत्रभित्र संचालित रोडा, ढुंगा उद्योग क्षेत्र विशेष गरी वडा नम्बर २ र १२ का स्थानीय नागरिकको हित, प्रोत्साहन र स्वास्थ्य सुविधाका लागि नगरपालिकाको ५० प्रतिशत खर्च सहभागीतामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

तपाईको प्रतिक्रिया