बनेपा÷सहकारीको छाता संस्था जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले लेखा समितिको भुमिका बढाउन तालिम संचालन गरेको छ । एक दिने तालिमले सहकारीमा लेखा समितिको भुमिकामा बृद्धि हुने अपेक्षा राखिएको छ ।
जिल्लामा रहेका सहकारीका लेखा तथा सुपरिवेक्षण समितिमा रहेकाहरुको भुमिकाले सहकारीले अझ गुणात्मक विकास गराउने भएकाले तालिम संञ्चालन गरेको अध्यक्ष दिलिप शर्माले जानकारी दिनुभयो ।
धेरैले लेखा सुपरिवेक्षण समितिको भुमिकाको राम्रोसँग ज्ञान नराख्ने र संचालक समितिको छाँयामा पर्ने गरेकोमा जुन सहकारीमा लेखा समितिको भुमिका राम्रो छ सो सहकारीले राम्रो काम गरेको पाइएको शर्माले उल्लेख गर्नुभयो ।
जिल्ला सहकारी संघ काभ्रेका निर्वतमान अध्यक्ष विनोद पराजुलीले तालिमको उद्घाटन गर्नुहुँदै लेखा सुपरिवेक्षण समितिलाई उप समिति जस्तै मान्न नहुने र आन्तरिक लेखा परिक्षण हेर्ने र सुक्ष्म अनुगमन गर्ने निकाय भएको बताउनुभयो । तालिमले लेखा सुपरिवेक्षण समितिको भुमिका बढाएर सहकारीमा आउन सक्ने समस्याको पहिल्यै निराकरण गराउन विशेष पहलकदमी हुने बताउनुभयो ।
जिल्ला सहकारी संघ काभ्रेको लेखा सुपरिवेक्षण समितिको आयोजनामा भएको तालिमको महत्वका बारेमा संघका लेखासुपरिवेक्षण समिति संयोजक शम्भुलाल श्रेष्ठले प्रकाश पार्नुभएको थियो । उहाँकै सभापतित्वमा भएको कार्यक्रमले लेखा समितिको भुमिका बढाउन विशेष सहयोग मिल्ने अपेक्षा राख्नुभयो । संघका कार्यकारी प्रमुख अनिलकुमार श्रेष्ठले काभ्रेको सहकारीलाई सहज हुने विविध कृयाकलाप गरिरहेको बताउनुभयो ।
मुख्य प्रशिक्षक गोपालध्वज श्रेष्ठले सहकारीमा लेखा सुपरिवेक्षण समितिको भुमिकाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले लेखा समितिले गर्ने कार्यले सहकारीको विकासमा योगदान पु¥याउने जानकारी दिनुभयो ।
जनताको पैसाको सुरक्षा गर्ने दायित्व सहकारीको हुने र त्यसमा लेखा समितिको भुमिका अझै धेरै हुने बारेमा उहाँले ज्ञान उपलब्ध गराउनु भएको थियो । जिल्ला सहकारी संघ दोलखाका लेखा समितिका संयोजक समेत रहनु भएको उहाँले सहभागीलाई लेखा समितिको बारेमा विविध जानकारी उपलब्ध गराउनुभएको थियो । सहभागीहरुले आफ्नो पदीय जिम्मेवारीको बारेमा थप जानकारी पाएको उल्लेख गरेका छन् ।
जिल्ला सहकारी संघ काभ्रेका सचिव निरञ्जन बिष्टले उद्घाटन कार्यक्रमको संचालन गर्नुभयो । उहाँले लेखा समितिले खेल्ने भुमिकाले सहकारीको विकास गर्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया