एकै बेतमा तीन वटा बाच्छा,हुर्काउन समस्या 

महादेवस्थान÷काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको वडा नं. ९ सानिटारका किसान अजुर्नप्रसाद सापकोटाको एउटै गाईले तीनवटा ओटा बाच्छा पाएको छ । गत २२ गते मंगलबार उक्त गाइले तीन वटा बहर बाच्छा पाएको हो ।

अघिल्लो वर्ष बनेपाबाट किनेर ल्याएको गाईले यो बर्ष तीन बटा बाच्छा पाएपछि उहाँ आफै अचम्ममा पर्नु भएको छ । पेट ठूलो थियो बाछो ठूलो नै होला भन्ने अनुमान गरेपनि तीन वटा बाच्छा पाएपछि अचम्म लागेको उहाँले बताउनुभयो ।

एकै बेतमा दुई ओटासम्म बाच्छा÷बाच्छी पाएको थाहा भएको तर तीन ओटा पाएकोचाहिं पहिलो पटक थाहा पाएको उहाँले बताउनुभयो । अघिल्लो बेदमा सो गाईले दश लिटरसम्म दुध दिएको थियो । तीन वटा बाच्छा पाएपछि तिनलाई कसरी हुर्काउने भन्ने समस्या परेको सापकोटाले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया