रोशी १२ को अग्नी पिडितलाई राहत बितरण

रोशी १२ को अग्नी पिडितलाई राहत बितरण गर्दै रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवा (ज्वाला)

रोशी – रोशी गाउँपालिका वडा नं १२ बसेरीका धर्मराज मोक्तान तथा छोराहरू विवेक मोक्तान र श्रीबहादुर मोक्तानको तिनवटा घरगोठमा एक्कासी लागेको आगलागी बाट क्षति पुगेका थिए । शनिबार लागेको आगलागी बाट मोक्तानको परिवारमा ठुलो क्षति पुगेको थियो ।
मोक्तान परिवारलाई रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवा (ज्वाला) सहित वडा अध्यक्षको टोलीले घरमै पुगेर राहत बितरण गरिएको छ । गाउँपालिका बाट खाद्यन्न लगायत तत्कालको लागि चाहिने सामाग्रीहरु बितरण गरिएको रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवाले बताए । हामी घटना स्थलमै पुगेर पिडित परिवारलाई सरकारको तर्फ बाट सहयोग र नेपाल रेडक्रस संग समन्वय गरेर पिडित भेट्न पुगेको उपाध्यक्ष वाईवाले जानकारी दिए । अग्नी पिडित मोक्तानलाई रोशी गाउँ पालिका र नेपाल रेडक्रस सोसाईटी मंगलटार शाखा बाट राहत बितरण गरिएको छ । गाउँ पालिका उपाध्यक्षको उपस्थितिमा पिडित परिवारलाई राहत बितरण गरिएको रोशी वडा नं १२ का वडा अध्यक्ष बसन्त लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया