मंगलटार – रोशी गाउँपालिका वडा नं ९ मंलटारको श्री मंगल जनविजय माबिको अभिभावक भेला बाट बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा ज्ञान बहादुर लामा सर्वसम्मत चयन भएको छ । बिहिबार भएको अभिभावक भेला बाट लामा लाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै नयाँ समिति चयन गरिएको हो ।
बिहिबार भएको भेलामा बिद्यालयका अभिभावकहरु, विद्यालयका संस्थापक सदस्यहरु, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, चन्दादाताहरुको विशेष उपस्थितमा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा अक्कल बहादुर लामा, च्याङ्वा तामाङ, दुर्गा अधिकारी, फुलमाया लामा र विष्णु माया लामा रहेकाछन् । सर्वसम्मत चयन गरिएको समितिको सदस्य सचिबमा बिद्यालयको प्रअ बासु थापा रहेकाछन् ।
मंगल जनविजय माबिको आज बिहिबार भएको भेलाले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि सर्वसम्मतरुपमा ब्यवस्थापन समिति चयन भएको बिद्यालयका प्रअ सदस्य सचिब बासु थापाले जानकारी दिए ।
बिद्यालय क्षेत्रमा सुधार गर्नको लागि मेरो कार्यसमितिले पुर्णरुपमा समय दिएर काम गर्ने अध्यक्ष ज्ञान बहादुर लामाले बताए । हामी सबै भेगबाट प्रतिनिधित्व गरेर समितिमा छौ सबैको योगदान शिक्षा क्षेत्रमा पु¥याउनको लागि यो समिति खटिने छौ लामाले भने । रोशीको मंगलटार भेगकै पुरानो बिद्यालयको शिक्षामा सुधार ल्याउनको लागि मेरो पहिलो पहल हुने लामाले बताए । अध्यक्ष लामा तेमाल गाउँ पालिका वडा नं ७ पुर्व वडा अध्यक्ष र नेपाली कांग्रेस तेमाल गाउँपालिका सभापति हुन । राजनिति संगसंगै लामा बिभिन्न सामाजिक कार्यहरुमा समेत उक्तिकै सक्रिया रहदै आएकाछन् ।
तपाईको प्रतिक्रिया