बनेपाको जनमत राष्ट्रको गौरव

बनेपा÷काभ्रेपलाञ्चोकको बनेपामा रहेको जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४० बर्षमा पुगेको छ । साहित्य अनुरागीको प्रेरणाको पुञ्जको रुपमा रहेको जनमत आफैंमा साहित्य विधाको ब्राण्ड हो ।

शनिबार आफ्नो ४० आंंैं बार्षिकोत्सवको अवसर पारेर सम्मान कार्यक्रम आयोजना गरेको छ । बरिष्ठ कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले जनमतले साहित्यको श्रीवृद्धिमा ठूलो योगदान पु¥याएको चर्चा गर्नुभयो ।

जनमत वाङ्मय प्रतिष्ठानले जुन उदेश्य लिएर सम्मान र साहित्यक मासिक पत्रिका प्रकाशनमा साहित्यकारहरुको श्रृजना समेटेर साहित्यकारहरुको सम्मान भएको र यो क्षेत्रमा थप योगदान पु¥याउन सफल भएको उल्लेख गर्नुभयो ।

२०३९ सालमा जनमतको साहित्यक पाक्षिक पत्रिका प्रकाशन भएपनि २०४५ सालदेखी हाल सम्म निरन्तर मासिक साहित्यिक पत्रिका प्रकाशनमा भइरहेको छ । हरेक महिना प्रकाशन गर्दा पनि जनमत मासिक पत्रिका ३१८ अकं प्रकाशन गरिएको छ ।

अध्यक्ष मोहन दुवालले हालससम्म प्रतिष्ठानबाट २१९ जना साहित्यकारहरुलाई सम्मान गरिएको जानकारी दिनुभयो । प्रतिष्ठानमा विभिन्न सहयोगिहरुले उपलब्ध गराएको सहयोग रकमलाई मुद्धती कोष स्थापना गरिएको र उक्त कोषबाट नै सम्मान गरिदै आएको अध्यक्ष दुवालले उल्लेख गर्नुभयो । शनिवार भएको विशेष कार्यक्रममा २०७९ सालको प्रतिभा सम्मानबाट १५ विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा प्रा.डा.लक्ष्मण प्रसाद गौतम (वाग्लुङ) प्रमोद प्रधान (मोरङ) प्रा.डा.अभि सुवेदी (तेह«थुम), राजेश खनाल (महोञ्री), नर्मदेश्वरी सत्याल (सङखुवासभा), लक्ष्मी माली (काठमाडांै), रविन्द्र श्रेष्ठ (भक्तपुर), बाबुराम श्रेष्ठ (मोरङ), मेरिना स्मृति (काठमाडौं), गगांदेवी कसजू (वाग्लुङ), रामकृष्ण कर्माचार्य (ललितपुर), महेश पौड्याल (झापा), प्रा.डा. सिर्जना श्रेष्ठ (काठमाडांै), दिनेश गुप्ता (पर्सा), रामराजा धौभडेल (काभ्रे) रहनु भएको छ ।
कार्यक्रमको सभापतित्व जनमतका मानार्थ संरक्षक राजभाई प्रधानले गरेका थिए । कार्यक्रममा सम्मानित कविहरुले कविता बाचन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया