विपी राजमार्गमा अनुगमन, ११ पसललाई ८५ हजार जरिवना


विपी राजमार्गमा बिहिबार बजार अनुगमन गरिएको छ । उद्योग तथा बाणिज्य कार्यालय धुलिखेल र जिल्ला प्रशासन कार्यालय काभ्रेले संयुक्तरुपमा बजार अनुगमन गरिएको हो । स्थानियहरुको जनगुनासो धेरै आएपछि विपी राजमार्गमा रहेको होटल, खाजा घर र किराना पसलहरुमा बजार अनुगमन गरिएको थियो ।
राजमार्गमा १३ बिभिन्न पसल अनुगन गरिएको उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलका निमित्त प्रमुख यज्ञबहादुर ओलीले जानकारी दिए । अनुगमनको क्रममा ११ वटा पसल तथा होटललाई जरिवना गरिएको ओलीले बताए । अनुगमनको क्रममा न्युनतम ५ हजार देखि २० हजार सम्म जरिवना गरिएको दुई होटल अनुमति बिना संचालन गर्ने उद्धव थापा र हरिशरण घोरासैनी लाई २० हजार जरिवना गरिएको ओलीले जानकारी दिए । अनुगमनमा अन्य ९ वटा खाजा घर र किराना पसललाई ५ हजारको दरले जरिवना गरिएको ओलीले बताए । बिहिबार गरिएको बजार अनुगमन बाट ८५ हजार राजस्व संकलन भएको उद्योग तथा बाणिज्य कार्यालयले जनाएको छ ।
अनुगमनमा दर्ता बिना संचालनमा रहेका बिभिन्न पसलहरु र दर्ता गरेर नबिकरण नगरेकाहरु लाई सचेत गराएको थियो । संयुक्त टोलीले अनुगमनको क्रममा म्यद नाघेका केहि सामाग्रीहरु समेत नष्ट गरिएको थियो ।
अनुगमानमा सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेल लगायत बिभिन्न कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया