रचनात्मक कार्यमा अखिल मण्डनदेउपुर,अध्यक्षमा संगिता

महादेवस्थान÷अनेरास्ववियु मण्डनदेउपुर नगर कमिटीको तेश्रो नगर अधिवेशनको अवसरमा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटि महासचिव नरेश रोकायाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा डेडिथुम्का मावि महादेवस्थान प्रथम, उमा सह शिक्षालय मा वि चण्डेनी दोश्रो, तपेश्वर मावि देउपुर तेश्रो र र ब्रहमायणी मावि देउपुरले सात्वना भएका थिए ।
तेश्रो अधिवेशनबाट संगिता दाहालको अध्यक्षमा नयाँ कमिटि बनेको छ । जसको संगिता दाहाल, उपाध्यक्ष आशा राई, सचिव– कुशल पंडित, सह–सचिव निश्चल पराजुली, कोषाध्यक्ष निरुता तिमल्सिना चयन भएका छन् । जसको सदस्यमा सुनिता रम्तेल, पुजा चौलागाई, गंगा बज्राचार्य, सुमित्रा खत्री, उज्वल पुर्कोटी, सलिना बजगाई, सन्जिता माझी, समिरा पराजुली र कुशल नेपाल चयन भएका छन् । सो कार्यक्रमको सभापतित्व अध्यक्ष किशोर तामाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया