रजत जयन्तीको पूर्वसंध्यामा काभ्रे माविमा विज्ञान प्रदर्शनी

पनौती÷काभ्रे इङ्गलिश माध्यमिक विद्यालय, पनौतीले आफ्नो स्थापनाको २५ औं वर्ष मनाउने क्रममा बैज्ञानिक अनुसन्धान र खोज , सिकाईमा सकारात्मक सोच भन्ने मुल नारा सहित रोबोटिक्स तथा विज्ञान प्रदर्शनी गरेको छ ।
प्रदर्शनीमा विद्यार्थिहरुले ७० वटा स्टल मार्फत विज्ञान तथा रोबोटिक्ससँङ सम्बन्धित सामग्री प्रदर्शन गरि आफुमा भएको सीप र क्षमतालाई प्रस्तुत गरेको बारे बिज्ञान बिभागका प्रमुख सुदिप न्यौपानेले बताउनुभयो । प्रदर्शनीमा विद्यार्थीहरुले आफूले पढेका र जानेका कुरालाई ब्यवहारिक प्रयोगमार्फत देखाउनुभएको थियो ।
प्रदर्शनीमा पनौती नगरपालिका भित्रका २१ वटा विद्यालयका करिब एक हजार विद्यार्थीहरुले अवलोकन गर्नुभएको थियो । प्राचार्य बसन्तराज नेपालका अनुसार प्रदर्शनीमा विभिन्न संघसंस्था , प्रकाशन गृहका प्रतिनिधिहरु , बिभिन्न बिद्यालयका शुभ चिन्तक र अभिभावकहरुले समेत अवलोकन गर्नुभएको थियो ।
सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम गरि रजत जयन्ती मनाउने सु अवसरे जिल्ला स्तरीय अन्तर विद्यालय एकल पुरुष टेबल टेनिस प्रतियोगिता सम्पन्न गरेको थियो ।

तपाईको प्रतिक्रिया