काभ्रेका १३ मध्ये तीन सुगम, चार मध्यम र छ दुर्गम स्थानीय तह

बनेपा÷काठमाडौंसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला धेरैलाई सुगम हो भन्ने लाग्छ । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रारम्भीक प्रशासनिक वर्गीकरण रिर्पाेट अनुसार काभ्रेका १३ वटा स्थानीय तहमध्ये तीन बटा मात्रै सुगम क्षेत्रका स्थानीय तह छन् । यी तिनैवटा नेपालकै पुराना नगरपालिकामा पर्दथे । बनेपा, धुलिखेल र पनौती सुगम स्थानीय तहमा छनोट भएका छन् । त्यस्तै मध्यमा मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका छन् । काभ्रेमा मध्यम खालको गाउँपालिकामा रोशी मात्रै परेको छ । त्यस्तै खानीखोला, चौरीदेउराली, तेमाल, बेथानचोक, भुम्लु र महाभारत दुर्गम गाउँपालिकामा परेका छन् । काभ्रेमा कुनै पनि स्थानीय तह अति दुर्गम छैनन् ।
रिर्पाेट अनुसार नेपालमा धेरै मध्यम खालका स्थानीय तहको बाहूल्यता देखिएको । कूल ७५३ स्थानीय तहमध्ये मध्यम खालका स्थानीय तहको संख्या २७५ वटा रहेको छ । त्यसपछि दुर्गम स्थानीय तह छन् । २१८ वटा स्थानीय तह दुर्गम छन् । अति दुर्गम स्थानीय तह १६२ र सुगम स्थानीय तहको संख्या ९८ वटा रहेको छ ।

 

तपाईको प्रतिक्रिया