एमालेमय बन्दै मण्डनदेउपुर, पार्टी अध्यक्षलाई भव्य स्वागतको तयारी

मण्डनदेउपुर÷हरेक राजनीतिक परिर्वतनको आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेको मण्डनदेउपुर नगरपालिकाका यतीबेला एमालेमय बनेको छ । एमालेको गढ नै मानिदै आएको सो एमालेले सुरु गरेको क्षेत्रमा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको बृहत आमसभाको लागि केन्द्रीय कमिटीले ठाउँ तोकेपछि त्यसको तयारीमा बस्तीस्तरकै कार्यकर्ता लागेका छन । एमाले भनेपछि आफ्नो ज्यान झै माया गर्ने कार्यकर्ताहरु यतीबेला तयारी बैठकमा लागेका छन् ।

मङ्सिर २४ गते मण्डनदेउपुर नगरपालिकाको पवित्र धार्मिकस्थल कश्यपेश्वर महादेवको प्राङ्गणमा गरिने आम सभालाई व्यवस्थित भव्य र बनाउन स्थानीय पालिका कमिटि कम्मर कसेर लागेको छ ।
पार्टीका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाको कमाण्डमा रहेको तयारी टोलीसँग पालिकाका अध्यक्ष शेरबहादुर डोटेल, पालिका ईन्चार्ज विदुर सापकोटासँगै स्थानीय नेता तथा कार्यकर्ताले तयारी बैठक थालेका छन् ।

मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गमा शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गतको सभा आगामी मंसिर २४ गते काभ्रेमा भब्य रुपमा गरिने निर्णय स्थानीय पार्टी कमिटिले गरिसकेको छ । त्यही व्रmममा तयारी बैठक तथा तयारीका कामहरु भइरहेका छन् । बिहीबार नेकपा एमाले काभ्रेको विस्तारित बैठक बसी तयारीलाई तिव्रता दिने निर्णय समेत गरेको छ ।
पार्टीका उपाध्यक्ष चन्द्र लामाका अनुसार मण्डनदेउपुरको महादेवस्थानमा भब्य आमसभा गर्ने, साँझ धुलिखेलमा पत्रकार भेटघाट, मानव अधिकार दिवस र ब्यवसायीसंग छलफल कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
आमसभाको तयारीको लागि प्राय सबै पालिका कमिटी र जनसंगठनहरु सक्रिय बन्ने छन भने बिशेष गरी मण्डनदेउपुर र नजिकका पालिकाहरुबाट जनसहभागिता गराईने सचिव राजन भुर्तेलले जानकारी दिनुभयो ।


एमालेको विस्तारित भेलाले सांसदहरुका लागि तीन महिनाको तलब, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई दुई महिना र वडाका जनप्रतिनिधिले एक महिनाको तलब अभियानका लागि उपलब्ध गराउने निर्णय गरेको छ । स्वागतद्वार, मञ्च तथा अन्य प्राविधिक तयारीका लागि जिम्मेवारी दिईएको छ । जनसभाका मातहतका कमिटीहरुलाई विशेष जिम्मेवारी सहितको तयारी गर्न निर्देशन दिएको छ । तयारीकै क्रममा शुक्रबारदेखिनै पालिका र जनसंगठनका बैठकहरु शुरु हुनेछन ।
जिल्ला बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, पोलिटब्युरो सदस्य एवं काभ्रे इञ्चार्ज कृष्ण राई, पूर्व केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य, जिल्ला कमिटी, नगर तथा गाउँ कमिटीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको अभियानको टोली मण्डनदेउपुर नगरपालिका स्थित मध्यपहाडी लोकमार्ग नजिकै विशेषसभामा सहभागी हुने कार्यतालिका रहेको छ ।
यसरी हुँदैछ संकल्पयात्रा
एमालेले आयोजना गरेको बैतडी जिल्लाको नेपाल भारत पश्चिमी सीमा झुलाघाटबाट पाँचथर जिल्लाको नेपाल भारत पूर्वी सीमा चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० मङ्सिर १४ गतेबाट प्रारम्भ भएको हो ।
राजनीतिको सत्ता र दल केन्द्रित बढ्दो विसङ्गतिबाट मुलुकलाई मुक्ति दिन, नेकपा एमालेले राजनीतिको एजेन्डालाई सत्ता प्राप्तिभन्दा मुलुकको समृद्धि र नागरिकको सुखका लागि हुनुपर्छ भन्ने आफ्नो स्थापित मान्यतालाई जनताका पक्षमा परिणाममुखी बनाउन सङ्कल्प यात्रा आयोजना गरिएको हो ।


एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा र एमालेको गन्तव्यलाई साकार पार्ने उद्देश्यका साथ झुलाघाटबाट सुरु भएको अभियानमा उत्साहका साथ देशभर नेपाली जनताको साथ र सहयोग नेकपा एमालेप्रतिको विश्वासले हर्ष लागेको बताउनुभएको छ । मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटर लामो यो पद यात्रा एमालेको मात्र नभएर आम नेपालीको उत्साह प्रतिविम्वित गर्ने एउटा अवसर बन्ने छ ।
नेकपा एमालेले मूल नेतृत्वसहित आफ्ना करिब १०० नेता गण रहेको समूह प्रदेश र स्थानीय नेतृत्व र तत् तत् क्षेत्रका आम नागरिक सम्मिलित हुने गरी आयोजना गरेको यस पद यात्रामा विशेषतः मध्य पहाडी क्षेत्रका नागरिकको अवस्था बारे अध्ययन, प्रत्यक्ष साक्षात्कार र वस्तुगत अवस्थाको अवलोकन र विकासको अनुगमन समेत गर्नेेछ । करिब तीन साताको यो समय मध्यपहाडलाई समुन्नत बनाउने अठोटका साथ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का रूपमा रहेको छ ।
यात्राको क्रममा मध्यपहाडका जनतासँग संवाद गर्ने र एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन नियाल्ने र भविष्यमा सो क्षेत्रको व्यावसायिक विकासको सम्भावनाको बारेमा अध्ययन गरी विकासको खाका बनाउने रहेको छ ।
यात्राका क्रममा निर्धारित मार्गको आसपासका विभिन्न पेसा व्यवसायमा रहेका आम नागरिक, स्थानीय जनप्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता, शिक्षक, विद्यार्थी, किसान, मजदुर, संस्कृति संवाहक समुदायसँग नेतृत्वको खुला छलफल, बहस तथा साक्षात्कार र अध्ययन मनन गर्ने अवसरबाट मुलुकको झन्डै आधा जनसङ्ख्या लाभान्वित हुने छन् । यो यात्रा नेतृत्वले सामूहिक रूपमा नै जनताका गुनासाहरू सुन्ने र दल तथा आफूप्रतिका भ्रम निवारण गर्ने महत्त्वपूर्ण अवसर पनि बन्ने छ । यस अभियानको क्रममा हुने जनता र नेता बिचको अन्तरसंवाद तथा अन्तरघुलनले नेपालको एकता, नेपालको मौलिक संस्कृति जस्ता समृद्धि र गौरवपूर्ण इतिहासका आधारलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ ।

तपाईको प्रतिक्रिया