माझिफेदा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

 

जिल्लाको चौरीदेउराली गाउपालिका वडा नं. ३ माझिफेदामा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि स्वास्थ्य चौकीलाई बागमती प्रदेश सभा सदस्य रत्न प्रसाद ढकाल र परिवर्तित युवा क्लबले संयुक्तरुपमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो । परिवर्तित युवा क्लबले गाउँपालिकामा रहेको स्वास्थ्य चौकीलाई सहयोगीहरुको रकम बाट एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरिएको क्लबको अध्यक्ष कमल चौलगाईले जानकारी दिए । कार्यक्रममा बागमती सरकारका मुख्य मन्त्रीको प्रमुख सल्लाहकार डिबि ढकाल, चौरी देउराली गाउँ पालिका अध्यक्ष रेनुका चौलागाईं, उपाध्यक्ष शेर बहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया