हिमालय भेटेरीनरी क्लिनिकको सेवा पाँँचखालबाटै

पाँचखाल÷पोल्ट्रीका सानादेखि ठूला । औषधिदेखि परामर्श, भ्याक्सिनसँगै पोष्टमार्टमको सेवा बोकेर हिमालय भेटेरीनरी क्लिनिकको सेवाकेन्द्र पाँँचखालमा सुरु भएको छ ।
पाँचखालसँगै आसपासका जिल्लाका किसानलाई आवश्यक पर्ने परामर्श पाँचखाल तामाघाटबाट प्रारम्भ गरिएको छ । पाँचखाल क्षेत्रका किसानले साना–साना समस्या परेपनि बनेपासम्म पुग्नुपर्ने बाँँध्यताको अन्त्य गर्ने उदेश्यले चिकित्सक सहितको सेवा प्रारम्भ गरिएको हिमालय भेटेरीनरी क्लिनिकका संञ्चालक डा.हरिकृष्ण थापाले जानकारी दिनुभयो ।

पाँचखालमा पहिलो पटक ईनभटर व्याकअपको सेवा सहितको फ्रिजमा राखिएको भ्याक्सिन सेवासँगै पोल्ट्रीका सबै समस्याको समाधान हुने डा.मिलन महतले उल्लेख गर्नुभयो । उहाँले पोल्ट्रीका लागि आवश्यक सबै सेवा र सुविधा प्रदान गर्ने हेतुले हिमालय भेटेरीनरी क्लिनिक एण्ड पोल्टी सर्भिेसेजको स्थापना गरेको बताउनुभयो । उहाँले हामीले प्रदान गरेको सेवा उपभोग गरेर धेरै मुनाफा र लाभ लिन समेत अनुरोध गर्नुभयो ।

हिमालय भेटेरीनरी क्लिनिक एण्ड पोल्टी सर्भिेसेजकका संचालक लक्ष्मण दुलालले पाँचखालमा पोल्ट्रीको संम्भावना र आवश्यकताको आधारमा सेवा केन्द्र विस्तार गरेर पाँचखालसम्म ल्याएको बताउनुभयो ।

पाँचखालबाट सिन्धुपाल्चोकको सबै क्षेत्र, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोकको कोशीपारी, मण्डनदेउपुर, दोलालघाट, पलाञ्चोक, तेमालका किसानलाई फाईदा पुग्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो ।

पाँचखालमा तीन लाखभन्दा धेरै ब्रोइलर, एक लाख लेयर्स र नेपालकै नमूना मानिएको ग्रान्ट प्यारेन्टको क्लोजअफ हाउस संचालनमा छ । त्यस्तै नेपालकै ठूला भनिएका फिडको फार्म रहेको छ ।

पाँचखालका चिकित्सकले कृषकको फार्ममै पुगेर रोगको पहिचान गर्ने उपचार गर्ने लगायतका घरदैलो सेवा समेत प्रदान गर्ने लक्ष्य लिएर सेवा सुरु भएको हो ।

पोल्ट्रीको क्षेत्रमा आपूmलाई अब्बल र सफल बनाएको पाँचखाल क्षेत्रका कुखुरापालक किसानलाई अर्काे खुसी थपिएको छ । कुखुरामा कुनै समस्या देखियो भने बनेपासम्म पोष्टमार्टमका लागि पु¥याउने बाँध्यतासँगै चिकित्सकको अभावमा फोनबाट परामर्श लिने बाँध्यताको अन्त्य भने हिमालय भेटेरीनरी क्लिनिक एण्ड पोल्टी सर्भिेसेजको गर्ने भएको छ । अब पाँचखालमै चिकित्सक सहितको सेवा प्रारम्भ भएपछि पोल्ट्री सम्बन्धि सम्पूर्ण सेवाहरु पाँचखालबाट नै हुने भएको छ ।

तपाईको प्रतिक्रिया