जिल्ला खेलकुद बिकास समिती काभ्रेको आयोजनामा यहि पुस २७,२८ र २९ गते बनेपामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरिने भएको छ । जिल्ला खेलकुद बिकास समिती काभ्रेको सल्लाहकार समिती जिल्ला समन्वय समिती काभ्रेको प्रमुख दिपक गौतमको अध्यक्षतामा बसेको बैठकले यहि पुस महिनामा प्रतियोगिता गरिने निर्णय गरिएको जिल्ला खेलकुद समिती काभ्रेका अध्यक्ष मानबिर लामाले जानकारी दिए । आज जिल्ला समन्वय समितिको हलमा भएको बैठकले सबै पालिकाहरुले मङ्सिर भित्र रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेर जिल्ला स्तरिय प्रतियोगिताको तयारी गरिने अध्यक्ष लामाले बताए । प्रमुख जिल्ला अधिकारी रुद्र देबि शर्मा लगायत सुरक्षा निकायको प्रतिनिधि लगायत जिल्ला खेलकुद समिती सहित बसेको बैठकले यस्तो निर्णय गरिएको अध्यक्ष लामाले बताए । हामिले यहि मङ्सिर महिना भित्र १३ पालिका हरुमा प्रतियोगिता सम्पन्न गर्नको लागि पत्राचार गरिएको केही पालिकाहरुले सम्पन्न समेत गरिएको र अन्य पालिकाहरुले सुरु गर्न लागिएको जिल्ला खेलकुद समिती काभ्रेको अध्यक्ष मानबिर लामाले बताए । जिल्लाको चौरी देउराली गाउँ पालिकाले रास्ट्रपति रनिङ शिल्ड सम्पन्न गरिसकेको धुलिखेल नगरपालिकाले बुधबार सुरु गर्ने लामाले बताए ।
यो पटक जिल्ला स्तरीय प्रतियोगितामा ६ खेलहरुमा प्रतिस्पर्धा रहने छ । प्रतियोगितामा भलिबल छात्र , छात्रा तर्फ, एथलेटिक्स , कराते , तेक्वान्दो, कबड्डी र उसु खेलहरुमा प्रतियोगिता हुने जिल्ला खेलकुद समितीले जनाएको छ । जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडी हरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् ।
काभ्रेमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुसमा हुने
2023-11-28T21:29:11+05:45
तपाईको प्रतिक्रिया