बनेपा÷ पनौती नगरपालिका तत्कालिन प्रमुख भिम न्यौपानेले बाँडेको भैसीको पाडा यतीबेला लैना भैसी बनेका छन् । नगरपालिकाले विपन्न नागरिकलाई सम्पन्न बनाउने अभियान स्वरुप लगातार तीन बर्षसम्म भैसीका पाडा वितरण गरेको थियो । मेयर पदमा उनै न्यौपाने पराजित भएपछि उनको लोकप्रिय कार्यव्रmम नै बन्द भयो । तर तत्कालिन अवस्थामा विपरित पाडालाई लैनो भैसी बनाएका किसान भने न्यौपानेलाई मनमोहन अधिकारीसँग तुलना गरेर प्रशंसा गरिरहेका छन् ।
२०७७ सालदेखि २०७९ सम्मका तीन बर्षमा ९१९ वटा पाडा वितरण भएकोमा यतीबेला ३११ वटा भैसी व्याएका छन् । न्यूनतम पाँच हजार रुपियाँदेखि अधिकतम् ७५ सय रुपियाँ किसानको साझेदारीमा वितरण भएका पाडा पाएका किसान अहिले लखपती बनेका छन् । २०७७ सालमा भैसीको पाडा ल्याएर स्याहार्नु भएको पनौती नगरपालिका ११ ख्याकुकी सावित्री थापाको घरमा लैनौ भैसीसँगै हुर्किएको थोरो छ । पहिलो बेद सुत्केरी भएका भैसीलाई नगरपालिकाले नै पाँच हजार रुपियाँ सुत्केरी भत्ताको व्यवस्थापन पनि गरेको थियो ।
पहिलो बेदमै नगरपालिकाले पाँच हजार रुपियाँ गोठमै ल्याएर अनुदान दिएको थापाले सुनाउनुभयो । पहिलो बेदको पाडी हुर्कियो अहिले दोश्रो बेदमा राम्रो भएको छ । आफूले बुझाएको सात हजारमध्ये पाँच हजार सुत्केरी भत्तामा फिर्ता भएको भन्दै उहाँले दुई हजारको बोटमा अहिले दुई लाख फलेको भन्दै पनौती नगरपालिकाले गरेको उत्कृष्ट कार्यमा पाडी वितरण रहेको उल्लेख गर्नुभयो ।
पहिलो बेदमा घरमा खाएर २ लाखको दुध बेच्न सफल भएको कथा सुनाउँदै तत्कालिन नेतृत्वको सुझबुझपूर्ण निर्णयको प्रतिफल अहिले पाएको बताउनुहुन्छ । त्यसो त घरभरी नै अपाङ्गमात्रै रहेको ख्याकु कै माधव थापाको घरमा भैसीले खुसी थपेको बताउनुहुन्छ । एक बर्षदेखि दैनिक पाँच लिटर दुध बेचेर त्यही नगरपालिकाले अनुदानमा दिएको पाडी व्याएर ठूलो गुन लगाएको बताउनुहुन्छ ।
उहाँले हेर्दा सानो तर आम कृषकको सपना पुरा गर्ने ठूलो कार्यको रुपमा पाडापाडी वितरण कार्य रहेको सुनाउनुभयो । उहाँले एक लाख ८० हजार रुपियाँको दुध बेचिसक्नु भएको छ ।
२०७७ सालमा पाडा अनुदान पाउनु भएको सोभा थापाले एक बर्ष नपाल्दै पाडो लैनो भैसी बनेपछि घर खर्च चलाउने आधार बनेको बताउनुभयो । आठ लिटर दुध दिने गरेको र दैनिक पाँच लिटर बिव्रmीमा लाने गरेको सुनाउँदै नगरपालिकाले आफूहरुलाई ठूलो गुन लगाएको बताउनुभयो ।
पनौती नगरपालिकाको उपप्रमुख गिता बञ्जारा तत्कालिन नेतृत्वले गरेको राम्रो कार्यको प्रतिफल आउन लागेपछि निक्कै खुसी देखिनु भएको छ । विगतमा पाडी वितरण कार्यको उपलब्धी मिलेसँगै त्यसले ग्रामीण किसानको आय स्रोत बढाउन निक्कै फलदायी देखिएको उहाँले उल्लेख गर्नुभयो । यही बिषयलाई प्रतिपक्षी दलले आलोचनाको बिषय पनि बनाएका थिए । तर अहिले एउटा भैसीबाट बार्षिक ११ सय लिटर दुध उत्पादन भएसँगै लाखौ रकम पनौतीमा भित्रन सुरु भएकोमा उहाँ निक्कै खुसी हुनु भएको छ । श्रम र मेहनतसँग जोडिएर पाडालाई लेनौ भैसी बनाउन सफल भएका किसानलाई उहाँले धन्यवाद समेत दिनु भएको छ । पनौती नगरपालिकाको पशुपंछी शाखाका प्रमुख लिला सापकोटाले विगतमा गरेको मेहनतको प्रतिफल आउन सुरु भएको बताउनुभयो ।
पूर्व प्रमुख भिम न्यौपानेले कसैको प्रशंसा र गाली खान नभएर जनताको आय स्रोत बढाउन र दीगो आम्दानीको रुपमा भैसी पालनलाई अघि बढाउन पाडी वितरण गरिएको स्मरण गर्नुभयो ।
उहाँले तत्कालिन सोचकै बार्षिक तीन लाख लिटर दुध उत्पादनमा बृद्धि भएको बताउनुभयो । सबै पाडी सफल भएमा बार्षिक १० लाख लिटर बढाउन अपेक्षा राखेर सो कार्यको सुरुवात गरेको उहाँले स्पष्ट पार्नुभयो ।
पनौती नगरपालिका वडा नं ११ का अध्यक्ष विपिन लामाले तत्कालिन नेतृत्वको सही निर्णयको प्रतिफल आफ्नो वडामा आउन सुरु भएकोमा खुुसी व्यक्त गर्नुभयो । उहाँले एउटा असल नेतृत्वले बनाएको योजनाले अहिले सार्थकता पाउन थालेको सुनाउनुभयो ।
तपाईको प्रतिक्रिया