बचत संघको साधारण सभा सम्पन्न

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाका बचत तथा ऋण सहकारीको छाता संस्थाको रुपमा अभिभावकत्व ग्रहण गर्दै सहकारीलाई सफल पार्न भुमिका खेलेको जिल्ला बचत संघको साधारण सभा शनिबार बनेपामा भएको छ ।
२५ औं सभालाई सम्बोधन गर्दै सहकारी रजिष्ट्रार नवराज घिमिरेले सहकारीले ग्रामीण समुदायका नागरिकको जीवनस्तर उकास्न निक्कै ठूलो योगदान दिएको बताउनुभयो । उहाँले तीन खम्बे अर्थनीतिमा सहकारी भएकाले सहकारीले स्थायित्व र विकासमा साझेदार बनेर अघि बढ्ने स्मरण गराउनुभयो । उहाँले सरकारले सहकारीको विकासमा कुनै पनि कसर बाँकी नराख्ने दाबी गर्नुभयो ।
सहकारीले आर्थिक समृद्धि गराउन भुमिका खेलेको बताउँदै समुदायमा आधारित सहकारीमा समस्या नरहेको बताउनुभयो । तर उहाँले परिवारवाद र सहकारीको मूल्य र मान्यतालाई नटेक्ने सहकारीमा समस्या भने देखिएको बताउनुभयो ।
सहकारीको विकास विना समुदायको आर्थिक र सामाजिक जीवनस्तर उकास्न नसस्कने उहाँँको भनाई थियो । नातावाद र कृपावादमा चलेको सहकारीमा साँच्चिकै समस्या देखिएको त्यसको समाधान सबै मिलेर गर्न आवश्यक रहेको उहाँको भनाई रहेको थियो । सरकारले सहकारीको गुणस्तर कायम गराउन भुमिका खेल्ने र समस्या समाधान गराएर उत्तरदायित्व बहन गराउने बताउनुभयो ।
नेफस्कूलनका संचालक सदस्य मन्दरा मिश्रले जिल्ला बचत संघ काभ्रे नेपालकै उदाहरणीय संघ भएको बताउनुभयो । सहकारीमा देखिएका बाछिटालाई हटाउन आवश्यक रहेको बताउनुभयो । सरकारले सहकारीलाई प्रर्बद्धन आ
जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले सहकारी अभियानमा देखिएको समस्यालाई सबै मिलेर पार लगाउन आवश्यक रहेको बताउनुभयो । अभियानलाई जोगाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताउँदै सबै अभियान्ता एकै ठाँउमा उभिएर अहिलेको सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।
जिल्ला बचत संघका सल्लाहकार इन्द्र अधिकारीले सहकारीमा देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताउनुभयो । शुसासन र पारदर्शीताको मान्यता भने नाध्न नहुने उहाँको भनाई छ । उपाध्यक्ष सागरनाथ कपालीको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।
महिला उपाध्यक्ष निर्मला श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रममा सचिव सुरेन्द्र पौडेलले एक बर्षको प्रगती प्रतिवेदन तथा कार्यक्रम संचालन गर्नुभएको थियो ।
कोषाध्यक्ष जीवन श्रेष्ठले आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको थियो । लेखा समितीको संयोजक शिव प्रसाद आचार्यले लेखा प्रतिवेदन पेस गर्नुभएको थियो । सो अवसरमा विन्धवासिनी साकोस, सुलभ साकोस र सक्षम साकोसलाई सम्मान समेत गरिएको थियो । २५० प्रारम्भिक सहकारी रहेको संघको २५ करोड सेयर पुँजी, ९२ करोड बचत, ७९ ऋण र११ करोड आम्दानी र चार करोड ५ लाख मुनाफा कमाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाको बन्द सत्रले अध्यक्षले राजीनामा दिएकाले स्वीकृति गरि उपाध्यक्ष लाई कार्यबाहक दिएको र तीन महिना भित्र अध्यक्ष को निर्वाचन गर्न सभाले संचालक समितिलाई निर्देश गरेको छ ।

तपाईको प्रतिक्रिया