
पनौती÷बालबालिकाका अधिकारप्रती निरन्तर जिम्मेबार बनिरहेको काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले बालमैत्री वातावरणलाई प्रभावकारी बनाउन थप कार्यक्रम गरिरहेको छ ।
पनौती नगरपालिका वडा न.१ रयालेको बालमैत्री वडा घोषणाको तेस्रो बार्षिक उत्सवमा सहभागीले बालमैत्री वातावरणको महत्वको बारेमा प्रकाश पार्नुभएको छ ।
बालमैत्री घोषणा भएको तेस्रो बर्षको अवसरमा यसको प्रभावकारिता कस्तो छ भनेर जानकारी लिन बुधबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
वागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादे श्रेष्ठको प्रमुख अतिथ्यतामा श्री शान्ति निकेतन मा.वि.मा सम्पन्न भएको स्थानीरय शिशिर सापकोटाले जानकारी दिनुचभयो । बालमैत्री वडा समिती अध्यक्ष जयकुमार तामाङको सभापतित्वमा भएको कार्यक्रममा सचिव झलक प्रसाद सापकोटाले गरेका थिए ।
विशेष अतिथी पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले गर्नुभएको थियो । बालमैत्री गतिविधिको बार्षिक प्रतिबेदन बालमैत्री सहजकर्ता तुल प्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको थियो । वडा बाल समूह संजाल उपाध्यक्ष जेनिशा सापकोटाले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रम मा शुभकामना मन्तव्य नगर बालमैत्री सम्पर्क ब्यक्ति केशव बञ्जारा,नगर बाल संजाल अध्यक्ष दिक्षित न्यौपाने ,वडा बाल संजाल अध्यक्ष समीर सापकोटा पुर्व वडा बाल संजाल अध्यक्ष शिशिर सापकोटा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा बिद्यालयका शिक्षकहरुले सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया