
बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा छानिएका छ जनानै दोश्रो कार्यकालका लागि संसदमा चुनिएका छन् । त्योमध्ये चार जना यसअघि नै मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन् ।
प्रतिनिधि सभा काभ्रे क्षेत्र नं १ मा निर्वाचित सूर्यमान दोङ यसअघि नै उर्जा राज्यमन्त्री बनेका थिए । २०६४ सालको संविधान सभा निर्वाचनबाट विजयी भएका दोङले उर्जा राज्यमन्त्रीको भुमिका निर्वाह गरेका थिए । २०७० सालको निर्वाचनमा भने अहिले उनकै प्रदेशसभाबाट विजयी बनेका तिर्थ लामाले पराजित गरे । संसद भवन प्रवेशको उनको यो दोश्रो अवसर हो ।
प्रतिनिधि सभा काभ्रे क्षेत्र नं २ मा विजयी बनेका गोकुल बास्कोटा यसअघि संचारमन्त्री भैसकेका व्यक्ति हुन् । २०७४ सालको निर्वाचनमा नेपालकै पपुलर मत ल्याएर विजयी भएका बाँस्कोटाले थप विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका थिए । २०७० सालको निर्वाचनमा भने उनकै प्रदेशसभाबाट विजयी बनेका कंञ्चन चन्द्र वादे श्रेष्ठसँग पराजित भएका थिए । संसद भवनमा उनको यो दोश्रो अवसर हो ।
प्रदेश सभा काभ्रे १ को प्रदेशमा निर्वाचित रत्न ढकाल बहालवाला मन्त्री हुन् । उनको यो दोश्रोकार्यकालका लागि लगातार दोश्रो पटक संसद भवनमा छिर्ने मौका पाएका छन् । सोही क्षेत्रमा विजयी बनेका तिर्थ लामा भने यसअघि संघीय संसद थिए भने अहिले प्रदेशमा विजयी बनेका छन् । यो उनको दोश्रो कार्यकाल हो । यसअघिको निर्वाचन २०७४ मा उनी प्रतिनिधि सभा काभ्रे १ मा माओवादी केन्द्रका नेता बमध्वजसँग पराजित भएका थिए ।
काभ्रे प्रतिनिधि सभा २ अन्तरगतका क्षेत्रमा विजयी कंचनचन्द्र वादे श्रेष्ठ यसअघि संघीय मन्त्री हुन् । अहिले प्रदेश सभामा निर्वाचित उनको दोश्रो कार्यकाल हो । सोही प्रदेशमा निर्वाचित लक्ष्मण लम्साल यसअघि प्रदेशकै सोही क्षेत्रबाट सांसद बनेका थिए । उनको यो दोश्रो कार्यकाल हो ।
सरकार आफू अनुकुल बनेमा काभ्रेका छ जनानै सांसद मन्त्रीको रुपमा जिम्मेवारी पाउने संभावना रहेको काभ्रेको वृत्तमा चर्चा हुन थालेको छ ।

तपाईको प्रतिक्रिया