
बैंक तथा वित्तीय संस्थाबाट पीडित भएको भन्दै उद्योगी व्यवसायी काठमाडौंमै आन्दोलनमा उत्रिएका छन् । काठमाडौं उद्योग वाणिज्य संघ तथा काठ क्षेत्रका उद्योग नगर संघको आयोजनामा माइतीघरमा आयोजित मौन प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका तीन जना उपाध्यक्ष पनि सहभागी छन् ।
उपाध्यक्ष त्रय अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइ आन्दोलनको अग्र पंक्तिमा छन् । बैंकले ब्याजदर प्रिमियम,चालु पूँजी निर्देशिका लगायतका नीतिको उनीहरुले विरोध गरेका छन् ।
व्यवसायीले मुख्य ५ वटा माग अगाडि सार्दै माइतीघरमा मौन प्रद्धर्शन गरेका हुन् । निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १/२ प्रतिशत मात्र थप गरी लिन पाइने गरी लगानी योग्य पूँजीको शीघ्र व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।
त्यस्तै बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ भित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने माग उद्योगी व्यवसाियीले राखेका छन् ।
तपाईको प्रतिक्रिया