
धुलिखेल – प्रदेश युवा परिषद बागमती जिल्ला युवा समिति काभ्रेको युवा स्वयमसेवक गठन भएको छ । शनिबार धुलिखेलमा जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रम बाट काभ्रे जिल्ला युवा स्वयमसेवक समिति गठन भएको हो । जिल्ला अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्यव समिति काभ्रेका उप प्रमुख रिम बहादुर तामाङको प्रमुख अथित्य रहेको थियो । कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवाहरुको लागि प्रशिक्षक पूर्व प्रहरी बरिष्ठ उपरिक्षक राघब सि थापा र पत्रकार इश्वारी ओझाले प्रशिक्षण दिएका थिए ।
युवा समिति गठन कार्यक्रममा बोल्दै प्रमुख अथिति रिम ब तामाङले युवाहरुलाई उत्पादनमा जोड् दिनुपर्ने बताए । युवाहरुको शक्तिलाई प्रयोग गर्दै भेग अनुसारको उत्पादन क्षेत्रमा जोड् दिनको लागि जिल्ला समन्वय समिति काभ्रेले सबै पालिकाका युवाहरु संग समन्वय गर्ने तामाङले बताए । कार्यक्रममा पनौती नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बिनोद खत्रीले युवाहरुको सबैखाले समस्यहरु पहिचान गरेर स्थानिय सरकारले काम गर्ने बताए । बैदेशिक रोजगार क्षेत्रमा जान चाहने युवाहरुलाई स्थानिय स्तरमै रोजगार बनाउनको लागि र युवा मैत्री उद्योगहरु स्थापना गर्नको लागि सबै क्षेत्रको पहल हुनु पर्ने वडा अध्यक्ष खत्रीले बताए । कार्यक्रममा युवाहरुलाई प्रशिक्षण दिदै प्रशिक्षक एवं पत्रकार इश्वारी ओझाले जिल्लाको सबै युवाहरुको माग अनुसारको क्षेत्रहरुमा अवसर दिन सक्नुपर्ने बताए । अहिलेको समयमा सबै पालिकाहरुमा युवा प्रतिनिधिहरु रहेको युवाले अवसर पाए गर्न सक्ने बताउदै ओझाले युवाहरुको हकहितमा सबै एक भएर लाग्नु पर्ने बताए । प्रशिक्षक राघब सि थापाले युवाहरु एक भएमा शक्तिमा परिणत हुने बताए । सबै दलमा रहेका युवाहरुको युवाहरुको आवजमा एक भएर लाग्नु पर्ने बताए ।
शनिबार धुलिखेलमा भएको प्रदेश युवा परिषद बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत काभ्रेमा २० जना सदस्य रहने गरी जिल्ला युवा स्वयमसेवक समिति गठन भएको छ । राजनितिक दलहरुको प्रतिनिधि, नेपाल रेडक्रस, स्काउट र पत्रकार सहतिको समिति निर्माण भएको छ । जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाको संयोजनमा २० सदस्य रहेको काभ्रे जिल्ला युवा स्वयमसेवक समिति गठन भएको छ । शनिबार धुलिखेलमा भएको युवा स्वयमसेवक समिति गठन कार्यक्रम पत्रकार सचित खड्काले संचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया