चाखोलामा फोहोर फाल्नेक्रम बढ्यो

कुन्ता÷बढ्दो सहरीकरणसँगै काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ७ र ८ को सिमाना भएर बग्ने चाखोला खोलाको पुलमा फोहोर फाल्नेक्रम बढेको छ ।
स्कटुर र बाइकमा आएर फोहोर धोक्रो फाल्ने क्रम केही समयदेखि बढेको हो । यो बारेमा दुबै बडाका बडा अध्यक्षले कुनै पनि भुमिका नदेखिएको आरोप स्थानीयको छ । वडा नं ९ का किसान फोहोरको कारणले प्रत्यक्ष समस्यामा पर्ने भएकाले सो वडाका अध्यक्षले समेत चासो दिन आवश्यक रहेको स्थानीयको माग छ ।
नगरपालिकाकै कर्मचारी समेत फोहोर ल्याएर सो स्थानबाट फ्याक्न थालेपछि स्थानीयमा चिन्ता थपिएको छ । बाढीले अहिले बगाएपनि दीर्घकालिन रुपमा यसले असर पार्ने भएकाले नगरपालिकाले केही गर्न माग गरेका छन् । नगरपालिकाले अहिलेसम्म यो बिषयमा केही बोलेको छैन ।

तपाईको प्रतिक्रिया