काभ्रेका जनप्रतिनिधी पारदर्शी र जवाफदेही बन्ने प्रतिबद्धता

बनेपा÷ तामाङ पत्रकार संघ काभ्रेले स्थानीय तह निर्वाचन २०७९ मा काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहमा विजयी भएका प्रमुख र उपप्रमुखको सम्मान गरेको छ ।
धुलिखेलमा आयोजित कार्यक्रममा प्रमुख उपप्रमुखलाई खादा र सम्मानपत्रले सम्मान गरेको हो । काभ्रेका १३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखमा तामाङ समुदायका नेता विजयी हुने भएको सन्र्दभ निक्कै गर्विलो बिषय भएको र समाज र पालिकाप्रती पूर्ण रुपमा जिम्मेबार वफादार बनेर कार्य अघि बढाउने आसा लिएको कार्यक्रममा सहभागी पत्रकारिता क्षेत्रमा नेताले बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले पत्रकारले जनप्रतिनिधीको कामलाई नजिकबाट नियालीरहेको बताए । उनले राम्रो गरे प्रशंसा र नराम्रो गरे खबरदारी गरिने भने ।
कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष केशवराज पौडेल, प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, प्रेस चौतारीका महासचिव हिरामान लामा र प्रेस सेन्टरका केन्द्रीय सदस्य ग्याम्जो लामाले सम्मान कार्यक्रमले निरन्तर खबरदारी गराउन भुमिका खेल्ने बताएका थिए ।
संघका जिल्ला अध्यक्ष अञ्जली लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य इकमान लामाले राखेका थिए । सम्मानपछि नमोबुद्ध नगरका प्रमुख कुन्साङ लामा, मण्डनदेउपुरका प्रमुख टोकबहादुर वाईवा, रोशी गाउँपालिका प्रमुख दिनेश लामा र खानीखोला गाउँपालिका प्रमुख इन्द्रबहादुर थिङले जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया