
भकुण्डेबजार– पृथ्वीको संरक्षण दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने मूल नाराकासाथ मनाइरहेको ५० औँ विश्व वातावरण दिवस,नमोबुद्ध नगरपालिका वडा नं २ मा अवस्थित ग्रामीण पाठशालाले विविध कार्यक्रम आयोजना गरि आज आईताबार मनाएको छ । विद्यालयस्तरदेखि नै वातावरण र वातावरणको महत्वको बारेमा बालबालिकालाई सुसूचित गराउने उद्देश्यले यस विद्यालयले आज विभिन्न सूचना र सन्देशमूलक प्ले कार्डहरु बोकेर भकुन्डे बजारको परिक्रमा गरेका मनाएको शिक्षब बिबेक लामाले काभ्रे हेडलाईनलाई जानकारी दिए । बजार परिक्रमा पश्चात नमोबुद्ध ७ नौबिसेमा अवस्थित जगबैजेश्वर मन्दिरमा पुगेर मन्दिरको सरसफाइ मा शिक्षक बिद्यार्थीहरु सहभागिता रहेको शिक्षक लामाले बताए । सरसफाई संगै मन्दिर प्राङ्गणमा विद्यार्थीहरु वातावरण संरक्षण आजको आवश्यकता भन्ने शीर्षकमा बक्तृताकलाको पनि आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया