बढ्दो प्रदुषणबाट जोगिन ट्राफिकलाई आयुर्वेद शिक्षा


बनेपा – बढ्दो प्रदुषणबाट जोनिको लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपा काभ्रेको आयोजनामा ट्राफिकहरुलाई एक दिने आयुर्वेद शिक्षा मार्फत योग अभ्यास संचालन गरिएको छ ।
आइतबार जिल्ला आयुर्वेद केन्द्र काभ्रेले जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेमा कार्यरत प्रहरीहरुलाई बनेपामा योग शिक्षा र आयुर्वेद स्वास्थ्य बारे कक्षा संचालन गरिएको हो ।
दैनिक सडकमा खटिदै आएका ट्राफिक प्रहरीहरुका लागि प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरणका लागि (नश्र्यकर्म) आयुर्वेद योग अभ्यास योग, खानपान, रहन सहन, आयुर्वेदीय जीवनशैली सेवा, तनाव व्यवस्थापन, बायु प्रर्दषण, ध्वनी प्रदुषण, जलनेती, नश्र्यकर्म लगायतका विषयमा जानकारी कक्षा संचालन गरिएको आयुर्वेद प्रमुख डा मनोज कुमार चौधरीले बताए । कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रले प्रहरीका लागि ३२ वटा चस्मा, जलनेती, माक्स लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सरकारले उपलब्ध गराएको २३ प्रकारका औषधी निशुल्क उपलब्ध गराउँदै आएको र नियमित योग अभ्यास, ब्लड प्रेसर र ब्लड सुगरको निशुल्क परिक्षणलाई केन्द्रले नियमित गरिएको डा चौधरीले बताए ।
ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक राजेश सिलवालले हरेक ब्यक्तिलाई आवश्यक पर्ने योग ट्राफिक प्रहरीका लागि थप आवश्यक रहेको बताए । जिल्लामा कार्यरत ट्राफिक प्रहरीलाई आयुर्वेद स्वास्थ्य केन्द्रले उपलब्ध गराएको नश्र्यकर्म योग झनै महत्वपूर्ण रहेको सिलवालले बताए । कार्यक्रममा पतञ्जली योग समिति काभ्रेका पुर्व अध्यक्ष ग्रुवेन तौजलले योग अभ्यास गरिएको थियो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष प्रकाशबहादुर कायश्थ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्ततमान अध्यक्ष मोतीराम तिमल्सिना, आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज रमेशप्रसाद पनेरु, कृष्णप्रसाद पराजुली लगायतले आयुर्वेद र योगको महत्व रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया