केयूकाे २७ औ दिक्षान्त सम्पन्न

काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न संकायका गरी एक हजार सात सय १२ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित भएका हुन् ।

कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन् । उक्त दीक्षान्त समारोहमा पुरुष एक हजार ३२ तथा ६०.२८ प्रतिशत र महिलाको ६ सय ८० जना अर्थात ३९.७२ प्रतिशत दीक्षित भएका हुन् । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका एक सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता र आइ. आइ. टि हैदेराबादका निर्देशक बि. एस्. मुर्तीेको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति देउवाले खनिज पदार्थको पहिचान गरी विशेषज्ञता हासिल गरी देश विकासमा टेवा पुर्‍याएका धन्यवाद व्यक्त गरे ।

‘खनिज पार्थको पहिचान गरी ग्रीन हाइड्रोजन उत्पादन व्यवस्थापन गर्नु आजको आवश्यता हो त्यसमा विश्वविद्यालयले दक्ष प्राविधिकको उत्पादन गरेकोमा खुसी व्यक्त गर्दछु ।’ देउवाले भने, ‘जलवायु परिवर्तनलाई न्युनिकरण गर्न र जैविक विविधताको अनुसन्धानमा दक्ष जनशक्ति उत्पादन गरी मुलुकको विकासमा थप टेवा पुग्छ भन्ने विश्वास लिएको छु ।’

स्वदेशभित्रै युग अनुसारको शिक्षा प्रदान गर्ने विश्वविद्यालयको उनले बताए । विश्वविद्यालयले विभिन्न देशका विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अगाडि बढेको पनि उनले बताए । विश्वविद्यालयमा हालसम्म ३८ हजार तीन सय ३६ उत्तीर्ण तथा दीक्षित भएको विश्वविद्यालयले थापाले जनाएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलसहित विभिन्न शिक्षासेवीहरूको उपस्थिती रहेको थियाे ।

तपाईको प्रतिक्रिया