बनेपा ७ स्थित बनेपा-पनौती सडक खण्डको धनेश्वोरमा बोलेरोको ठक्करबाट ५ बर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक नारायण थापाका अनुसार बोलेरोको ठक्करबाट घाइते सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिकाका ५ वर्षीय आशीष अधिकारीको उपचारको क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जानकारी दिए । पनौतीबाट बनेपा तर्फ आउँदै गरेको बागमती प्रदेश ३, २२ च ३२९१ नम्बरको बोलेरोले बाटोमा हिड्दै गरेका वालकलाई ठक्कर दिएको प्रहरी निरिक्षक थापाले बताए ।
बिध्यालयबाट घर फर्कने क्रममा बोलेरोले ठक्कर दिएर घाईते भएका वालकको अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको प्रहरीले जनाए । उक्त वालक पनौती नगरपालिका वडा न ५ स्थित धनेश्वर आधारभूत विद्यायमा कक्षा नर्सरीमा अध्यायनरत थिए ।
बोलेरो चालक र बोलेरो गाडी प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको वालकको शव बनेपा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
बोलेरोको ठक्करबाट बनेपामा पाँच बर्षिय वालकको मृत्यु
2022-06-03T18:46:18+05:45

तपाईको प्रतिक्रिया