किसान महासंघले कृषि कम्पनीमा बुझायो ज्ञापन पत्र

ज्ञापन पत्र बुझाउदै किसान महासंघका प्रतिनिधिहरु

काभ्रे जिल्ला कृषि सामाग्री कम्पनी लि मार्फत बागमती प्रदेश कृषि मन्त्रालयलाई मंगलबार ज्ञापन पत्र बुझाएको छ । अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र काभ्रे शाखाले काभ्रे, दोलखा, रामेछाप र सिन्धुपाल्चोकका किसानहरुलाई पर्यप्त मात्र मल बितरण गर्नको लागि ज्ञापन पत्र बुझाएको हो । किसानाई यो सिजनमा मल माग अनुसार को नआएको भन्दै कृषि सामाग्री धुलिखेलमा ज्ञापन पत्र बुझाएको हो । रसायिनिक मलको चरम अभावले काभ्रे लगायत ४ जिल्लाका किसानहरु ठुलो मारमा परेको भन्दै किसानमहासंघ काभ्रेले धुलिखेलमा ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष शिब ढकालले बताए । यो सिजनका काभ्रेको धुलिखेल कृषि सामाग्री केन्द्र मार्फत ४ जिल्लाको लागि युरिया १० हजार टन र डिएपी ५ हजार टन आवश्यक रहेको भन्दै उक्त टन मल ब्यवस्थापन गर्नको लागि ज्ञापन पत्र बुझाएको ढकालले जानकारी दिए । किसान महासंघले बुझाएको ज्ञापन पत्र लिदै कृषि सामाग्री कम्पनी लि धुलिखेलका प्रमुख बासु शर्माले यो सिजनमा ४ जिल्लाको लागि माग अनुसारको मल नरहेको किसानहरुले बुझाएको ज्ञापन पत्र प्रदेशमा पठाउने जानकारी दिए । यो अहिलेको सिजनमा किसानहरुको लागि मल धेरै माग गरिने समय भएको चाहिने मात्र मल नआएको कारण मल बितरणमा सहज नभएको शर्माले बताए । धुलिखेलमा रहेको कृषि कम्पनीमा बिरगन्ज बाट मल नआएको र खासा बाट केहि मल आएको त्यो मल समेत ४ जिल्लाको लागि पुग्दो नभएको बताए । निर्वाचन भन्दा केहि समय अघि मल आएको निर्वाचन आचार संहिताले गर्दा बितरण नगरिएको मल अहिले सहकारी मार्फत बितरण भएको शर्माले बताए । ज्ञापन पत्र बुझाउन किसान महासंघ केन्द्रिय सदस्यहरु हरि तिमल्सिना, जलक लामिछाने, बासु उपाध्य लागायत किसान महासंघ काभ्रेका किसान नेताहरुको सहभागित रहेको थियो ।

तपाईको प्रतिक्रिया