रोशी १० मा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर


गणतन्त्र दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बनेपा, काभ्रेको प्राबिधिक सहयोगमा मंगलटार आयुर्वेद औषधालय, रोशी गाउँ पालिकाको आयोजनामा रोशी गाउँ पालिकाको वडा न. १० वाल्टिङमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सन्चान भएको छ । शिविरमा ३ सय ५१ जनाले आयुर्वेद स्वास्थ्य उपचार सेवा लिएका छन् । शिविरमा विशेष गरि पेटका रोग, हाड जोर्नी सम्बन्धि रोग, स्त्री रोग सम्बन्धि रोगका बिरामीहरुले आयुर्वेद उपचार सेवा दिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रे डा मानोज कुमार चौधरीले जानकारी दिए । जेष्ठ नागरिक तथा स्तनपायी आमाका लागि बिशेष सेवा प्रदान गरिएको डा चौधरीले बताए । शिविरको उद्घाटन समारोहमा रोशी गाउँ पालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यता, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बनेपा, काभ्रेका कार्यालय प्रमुख डा. मनोज कुमार चौधरीको बिशिस्ट आतिथ्यता रहेको थियोे । औपचारिक कार्यक्रमको उद्घोषण वरिष्ठ कविराज निरीक्षक रमेश प्रसाद पनेरुले गर्नु भएको थियो भने स्वागत मन्तव्य मङलटार आयुर्वेद औषधलायका कविराज निरीक्षक सबिता गौतमले दिनु भएको थियो । गाउँ पालिका अध्यक्ष दिनेश लामाले आयुर्वेद सेवा जन स्तरमा लैजान पहल गर्ने र स्थानीय जडिबुटीको सदुपयोगमा गाउँ पालिकाले लगानी बढाइ आयुर्वेद सेवाको बिस्तार गर्ने प्रतिबद्धता जनाए । डा. मनोज कुमार चौधरीले आयुर्वेदको माध्यमबाट रोग लाग्न नदिन विशेष कार्यक्रम संचालन गराउन जोड दिदै आयुर्वेद सेवाको बिषयमा बताएका थिए ।

तपाईको प्रतिक्रिया