लापसे गरेर सवारी हाक्ने सात चालक काभ्रेमा ट्राफिक प्रहरीको फन्दामा

राजमार्गमा लापसे गरेर सवारी हाक्नेमाथि काभ्रेमा ट्राफिक प्रहरीको छड्के
बनेपा÷प्रहरीले कहिल्यै सुतेको हुँदैन । विषम परिस्थितीमा प्रहरीले आफ्ना नियमित कार्य छाँडेर राज्यले दिएको थप जिम्मेवारी गर्न थाल्छ ।निर्वाचनको समयमा नियमित काम प्रभावित हुन्छन् । चाहेर पनि प्रहरीले गर्न खोजेको काम गर्न सक्दैन । सो समयको फाईदा उठाउँदै प्रहरीमाथि नै चक्मा दिने समुह पनि हुन्छन् । बुधबार प्रहरीले स्थानीय तहको निर्वाचनपछि पहिलो पटक आकस्मिक चेकजाँच गरेको छ । बे्रथ लाईजर मार्फत एकै पटक मापसे र लापसे चेकजाँच गराउँदा सात जना प्रहरीको फन्दामा परेका छन् ।
केही समय निर्वाचनमा केन्द्रीत काभ्रेपलाञ्चोकको ट्राफिक प्रहरी पुनः आफ्नो कार्यमा फर्किएको छ । राजमार्गमा लागू पदार्थ सेवन(लापसे ) र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी हाक्नेमाथि काभ्रेमा ट्राफिक प्रहरीको छड्के अभियान थालेको छ । राजमार्गमा लापसे गरेर सवारी हाक्ने क्रम बढेको गुनासोलाई सम्बोधन गर्ने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजेश सिलबालको नेतृत्वमा बुधबार राजमार्गमा लापसे गरेर सवारी हाक्नेमाथि काभ्रेमा ट्राफिक प्रहरीको छड्के हानिएको हो ।
मोटरसाईकल, भाडाका सवारी तथा ट्रक चालकमा गरिएको छड्केमा सात जनालाई प्रहरीले रंगेहात समाएको छ । आकस्मिक रुपमा ३४ जनामा गरिएको छड्केमा सात जनाले मापसे र लापसे गरेर सवारी हाक्ने सात जना प्रहरी कारवाहीमा परेका छन् ।
ती मध्ये पाँच जना लापसे प्रयोगकर्ता हुन् । त्यस्तै दुई जनाले मापसे सेवन गरेर चलाइएको पाइएको छ । तीमध्ये एउटा मोटरसाईकल र एउटा ट्रक चालक हुन भने पाँच जना भाडाको सवारी साधन चलाउने साना सवारीका चालक हुन् ।
कार्यालयका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको पहल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालको कमाण्डमा जनपद प्रहरीसहितको संयुक्त टोलीले चेकजाँच गरिएको हो ।
अरनिको राजमार्ग र बि।पि। राजमार्गमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उदेश्यले ३४ जना चालकहरुलाई ड्रक तेष्ट किड त ब्र्त लाइजर को प्रयोग गरी लागूपदार्थ सेवन र मादक पदार्थ सेवन चेकजाँच गरिएको प्रहरी निरीक्षक सिलवालले बताए । अनुसार ३४ सवारी चालकलाई चेकजाँच गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ देखाएकोले आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय बनेपामा बुझाइएको छ । कार्यालयले लामो दूरीमा चल्ने भाडाका सार्वजनिक यात्रुवाहक सवारी साधन तथा पनौती, धुलिखेल र बनेपा क्षेत्रका स्थानीय रुटका लोकल सार्वजनिक सवारी साधनका चालकहरुलाई चेकजाँच गरेको थियो ।
सवारी दुर्घटना न्यूनिकरणका लागि गरिएको यस कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिइने उनको दावि छ । ।

तपाईको प्रतिक्रिया