
पनौती नगरपालिका वडा नं २ कुशादेवीका वडा अध्यक्ष पुरुषोतम अधिकारीले पदभार ग्रहण गरिएको छ । बुधबार नगरपालिका उप प्रमुख गिता बन्जारा पुर्व मेयर भीम न्यौपाने लगायतको उपस्थितिमा अधिकारीले वडा कार्यालयमा पदभार ग्रहण गरिएको हो । अधिकारी ०७४ को स्थानिय निर्वाचनमा समेत वडा अध्यक्ष रहेको थियो । वडा अध्यक्ष अधिकारी, वडा सदस्यहरु तिलक बहादुर तामाङ, रशेम बजगाई, सुनिता बिक र सीता खत्री थापा लाई वडा कार्यालयमा टिका खादा लगाएर स्वागत गरिएको थियो । वडा अध्यक्ष लगायत वडामा निर्वाचित सदस्यहरुले दुई निर्णय गरिएको छ ।
पनौती नगरपालिका वडा नं २ कार्यालयले वडा अध्यक्षको पदभार ग्रहण संगै पहिलो दुई निर्णय गरिएको वडा सचिब दिपक कार्कीले जानकारी दिए । वडा अध्यक्ष पुरुषोतम अधिकारीको अध्यक्षतामा वडा कार्यालयमा बसेको पहिलो बैठकबाट मृगौला पिडित र क्यान्सर पिडितहरुलाई अस्पताल देखि घर सम्मको लागि निशुल्क एम्बुलेन्सको ब्यवस्था गरिएको सचिब कार्कीले जानकारी दिए । त्यसै गरी बैठकले वडा नं २ को एक घर बराबर दुई फलफुलको बिरुवा बितरण गरिने निर्णय भएको सचिब कार्कीले जानकारी दिए ।
पदभार ग्रहण संगै आज वडा नं २ को जनताको लागि दुई निर्णय भएको वडा अध्यक्ष अधिकारीले जानकारी दिए । हामी सिंगो वडा टिमको सल्लाह अनुसार वडाको दिर्गबिरामीहरुलाई घर बाट अस्पतार र अस्पताल बाट घर सम्म ल्याउनको लागि नि शुल्क एम्बुलेन्स र एक घर दुई बोट फलफुलको बिरुवा बितरण गर्दै जाने अधिकारीले बताए ।
बुधबार नै पनौती नगरपालिका वडा नं ३ को निर्वाचित वडा अध्यक्ष बिष्णु प्रसाद सापकोटाको समेत पदभार ग्रहण भएको छ । पुर्व वडा अध्यक्ष किशोर थापाले पुरानो मैनुट हस्तान्तरण गर्दै वडा अध्यक्ष सापकोटाले पदभार ग्रहण गरे ।
पनौती वडा नं २ र ३ मा निर्वाचित वडा अध्यक्षले गरे पदभार ग्रहण
2022-05-25T19:28:10+05:45

तपाईको प्रतिक्रिया