भक्तपुर÷
हाड, जोर्नी र नशाको समस्याले आजित बन्नु भएको छ । धेरै स्वास्थ्य संस्थामा जाँदा जाँदा आफ्नो समस्याको निदान हुन नसकेर चिन्तित हुनुहुन्छ । त्यसो हो भने हाड जोर्नी र नशाको बिरामीले अत्याधिक रुचाएको स्वास्थ्य संस्थामा गएर एक पटक परामर्श लिन सक्नु हुनेछ । 
हाड जोर्नी र नशाका बिरामीको लागि शुलभ शुल्कमा उच्च स्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको स्पार्क अर्थाे न्युरो सेन्टर भत्तपुरको एक अलग स्वास्थ्य केन्द्रको रुपमा स्थापित हुदै गएको छ । गठ्ठाघर चोक बाट १०० मिटर उत्तरमा अवस्थित स्पार्क अर्थाे न्युरो सेन्टरमा हाड जोर्नि तथा तथा नसाका विभिन्न स्वास्थ्य समस्याहरुको सहज ढंगवाट विना कुनै साईड इफेक्ट तथा विना कुनै चिरफार सफलतापुर्वक उपचार हुने कुरा संस्थाका अध्यक्ष सुमन खनालले जानकारी दिनुभयो ।
उहांका अनुसार यस् स्पार्क स्वस्थ्य संस्थामा कम्मरको नसा च्यापिएर, हाड खिइएर, प्यारालाईसिस भएर विभिन्न अस्पतालहरु धाउदा धाउदा वाक्क भएका, औंषधि खादा खादा दिक्क भएका तथा लामो समय देखि शरीरमा विराम लिएर यता र उता गर्दै बस्नुभएका विरामीहरु आउनुहुन्छ र हाम्रा चिकित्सकहरुले जांच गरी र स्वास्थ्य कर्मिवाट पारिवारीक वातावरणमा स्वास्थ्य उपचार पश्चात आफ्नो शरिरवाट विराम हटेपछि विरामीहरु खुःशी भएर आर्शिवाद दिदै जाने गर्नुभएको छ । 
विशेषज्ञ चिकित्सक, अनुभवि स्वास्थ्य कर्मी तथा चुस्त दुरुस्त व्यवस्थापन स्पार्क अर्थाे न्युरो सेन्टरको विशेषता रहेको संस्थाकी प्रबन्ध निर्देशक कौंशल्या पौंडेलले जानकारी दिनुभयो । कम्मर, ढाड गर्धन दुख्ने, हाडजोर्नि तथा नसाका समस्याहरु, नसा च्यापिएको, हाड खिइएको, शरिर झमझमाउने, शरिर पोल्ने तथा लाटो हुने, मुख बा¨िएको, शरिरको एक भाग वा दुवै भाग नचल्ने जस्ता समस्याहरुको सफलता पुर्वक उपचार भैरहेको प्रबन्ध निर्देशक पौंडेलले जानकारी दिनुभयो ।
‘मेरो कम्मरको नसा च्यापिएको लामो समय भैसकेको थियो धेरै अस्पताल तथा स्वास्थ्य संस्थाहरु गएं कतै पनि ठिक भएको थिएन । अनि यस स्पार्क सेन्टरमा एक जना साथीले पठाएर आएको थिए चिकित्सक संगको पहिलो भेटमै म प्रभावीत भए अव मलाई ठिक हुन्छ जस्तो भयो । सात दिनको उपचारले नै मलाई निकै कम भएको महशुस गरिरहेको छु ’भक्तपुर नयां ठिमी बस्ने केशव महर्जनले खुःशी हुदै भन्दै हुनुहुन्थ्यो ।
अर्काे एकजना विरामी जो प्यारालाईसिस भएर हात गोडा नचल्ने भएर आउनुभएको रहेछ १४ दिनको उपचारले हात गोडा हल्का चल्न लागेको र १ महिनाको उपचार पछि पुरै सन्चो हुने आशा गरेको कुरा सुनाउदै हुनुहुन्थ्यो ।
हाड जोर्नी र नशाको बिरामीले अत्याधिक रुचाएको स्वास्थ्य संस्था
2022-05-20T14:59:42+05:45

तपाईको प्रतिक्रिया