बनेपामा मेयरमा शान्तिरत्न र उपमेयरमा बिमला विजयी

बनेपा÷ काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको अन्तिम नजिता सार्वजानिक भएको छ । नगरको प्रमुखमा नेपाली कांग्रेसबाट शान्ति रत्न शाक्य निर्वाचित भएकाछन् । शाक्यले १३ हजार ७९३ मत ल्याएर बिजयी भएको हो ।
प्रतिद्धन्दी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८३५ ल्याएकाछन् । त्यसै गरि नगरको उप प्रमुखमा नेपका एमाले बाट बिमला सापकोटा दाहाल निर्वाचित भएकी छिन । दाहालले ११ हजार ९९२ मत पाएकाछन् भने उनको प्रतिद्धन्दी गठबन्धन एकिकृत समाजवादी बाट रगुबर चौ प्रधानले १० हजार ५१५ मत पाएका थिए । बनेपा नगरपालिका यस अघि ०७४ मा नेकपा एमाले पार्टीले प्रमुख उप प्रमुख जितेका थिए ।
बडामा सात÷सात भाग लाग्यो
१४ बडा रहेको बनेपमा सात बटा बडामा एमालेले विजयी हात पारेको छ भने छ वडामा कांग्रेसले । नेपाली कांग्रेससले बडा नं २,३,७,८,९ र १४ मा विजयी बन्यो । समाजवादी पार्टीले बडा नं ६ मा विजयी बन्यो ।
त्यस्तै एमालेले बडा नं १, ४,५,१०,११,१२,१२ मा विजयी बनेपनि मत भने पु¥याउन सकेन ।

तपाईको प्रतिक्रिया