
जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ मा नेपाली कांग्रेस पार्टी बाट अध्यक्ष पदमा उम्मेदवारी दिएका कबिराज श्रेष्ठ लगायत ४ जना वडा सदस्यहरु निर्वाचित भएकाछन् । वडा अध्यक्षमा कबिराज श्रेष्ठ , महिला वडा सदस्यमा बेली नीलम लामा, दलित महिला सदस्य उषा परियार र वडा सदस्य बिनोद खड्का र लक्षमन गौतम निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । उक्त वडा ०७४ मा नेकपा एमाले पार्टी बाट वडा अध्यक्षमा संजिब ढकाल निर्वाचित भएका थिए । यो पटक पनि वडामा अध्यक्षको उम्मेदवार रहेका ढकालले निर्वाचन हारेकाछन् ।
नमोबुद्ध वडा नं २ मा कांग्रेस सेट नै बिजायी
2022-05-16T18:51:10+05:45

तपाईको प्रतिक्रिया