गठबन्धनको उम्मेदवारहरुले जित्नु पर्छ : बानियाँ


नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले गठबन्धनको साझा उम्मेदवारहरुले जित्नु पर्ने बताएकाछन् । आइतबार पाँचखालको गठबन्धनको कोण सभालाई सम्बोधन गर्दै बानियाँले पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार मेयर पदमा महेश खरेल र उप मेयर पदमा चेत प्रसाद गौतम मणीलाई पाँचखालको जनताले जिताएर पठाउनु पर्ने बताए । गणतन्त्र स्थायित्वको लागि संबिधानको रक्षको लागि यो गठबन्धन केन्द्र देखि तल सम्म आएको भन्दै यो गठबन्धनले निर्वाचन जित्नु पर्छ बानियाँले भने । कोण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य रुकु चौलागाईले प्रतिगमनको बिरुद्धको यो गठबन्धनले जित्ने र प्रतिगमनलाइ अब ब्यालेट बाट समेत परास्त गर्दे यो सबै समुदाय जनताको आवश्यकताले निर्माण भएको गठबन्धन भएको बताईन् । सभामा बोल्दै मेयरमा पुनः उम्मेदवारी रहेका महेश खरेलले ५ बर्षको समयमा पाँचखालको जनताले चाहेको अनुसारको काम गरिएको बताए । धेरै काम गरे काम कै अधारमा बागमती प्रदेशले समेत उत्कृष्ट नगरको रुपमा सम्मान गरिएको यो देन पाँचखालको जनताको रहेको मेयर उम्मेदवार खरेलले बताए । उप मयेरको उम्मेदवार चेत प्रसाद गौतमले पाँचखालको जनताको सबै खाले काम गर्नको लागि यो गठबन्धनको नेतृत्वमा मात्र सम्भावना रहेको बताए । केन्द्र देखि पाँचखाल सम्म बनेको यो गबठन्धनको उम्मेदवारहरुलाई भोट दिएर जिताउनको लागि गौतमले अनुरोध गरे ।

तपाईको प्रतिक्रिया