भुम्लु जनताले युवाको नेतृत्व खोजिएको छ : गठबन्धन

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलका तर्फबाट काभ्रेको भुम्लु गाउँपालिकामा नेकपा माओवादी केन्द्र पार्टीले अध्यक्ष पदका उम्मेदवार प्रेम भुजेल बृहद लाई गाउँ पालिका अध्यक्षको उम्मेदवार बनाएको छ । मोवादी पार्टीले टिकट दिए संगै भुजेल सहितको गठबन्धनको टिम अहिले जनताको घरदैलोमा ब्यस्त देखिन्छ ।
२०७४ को निर्वाचनमा भुम्लु गाउँ पालिकामा नेकपा एमालेका उम्मेदवार गुमान ध्वज कँुवरले जितेका थिए । यो पटक कुँवरले टिकट पाएका छैनन् । नेकपा एमाले पार्टीले प्रेम लामालाई प्रमुखको रुपमा उम्मेदवार बनाएको छ ।
प्रमुख पदको लागि उम्मेदवारी दिएका भुजेलले गठबन्धनबाट उम्मेदवारी रहेको भुम्लुको जनताको लागि जितको ज्यादै नजिक रहेको बताउछन् । गत स्थानीय तहको मतपरिणाम हेर्दा गठबन्धनलाई भुम्लुमा जित हात पार्न खासै मेहनत गर्नुपर्ने नदेखिएको भुलेज बताउछन् ।
खराव राजनितिको बिरोध हैन असर राजनितिको सुरुवात गरौ, अग्रगामी चेतना सहितको असल र क्रान्तिकारी बिकासको लागि गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गरौ भन्ने अभियानको साथ भुम्लुको जनताको बिचमा घरदैलो कार्याक्रम जारी रहेको भुजेल बताउछन् ।
भुम्लुमा गत निर्वाचनमा एमालेका उम्मेदवारले ३५४८ मत ल्याएर जित हात पारेका थिए । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई क्रमशः २९४९ र २३९३ मत ल्याएका थिए । यसबाट भुम्लुमा गठबन्धन दल ज्यादै बलियो देखिएको छ । गत निर्वाचनको मतपरिणामलाई मध्यनजर गर्दा भुम्लुमा नेकपा एमाले भन्दा गठबन्धन दल करिब १८०० मतले अगाडि रहेको भुजेलले बताए ।
गठबन्धनले यसपटक भुम्लुलाई आफ्नो पक्षमा पार्नका लागि गत निर्वाचनकै मतलाई सुरक्षित गर्ने र थप मत ल्याउनको लागि जनताकै बिचमा रहेको भुजेलले बताए । पार्टीमा रहेर धेरै काम गर्न सके अब जनताको हितमा भुम्लुको समृद्धको लागि मेरो उम्मेदवार रहेको भुजेलले बताए । भुम्लुको १० वडाहरुमा बिषेशखाले बिकास गर्नको लागि गठबन्धनले योजना नै लिएर अहिले जनताको बिचमा छलफल भेटघाटमा रहेको भुजेलले बताए । भुजेलले आफ्ना प्रतिस्पर्धीलाई पनि संयमित भएर निर्वाचनमा जानका लागि अनुरोध गरेका छन् । उनले भने, ‘तपाईं पनि जनताको माझमा जाँदै हुनुहुन्छ मतदाताका अगाडि सत्य कुरा बोल्नुस् । सम्भावना भएका कुरा बोल्नुहोस् । त्यस्तै प्रतिस्पर्धी पार्टीहरूलाई मर्यादित ढंगले बोल्ने गर्नुहोस् । तपाईंको आफ्ना कुरा राख्ने समयमा अरूलाई गाली गरेर समय खेर नफाल्नुहोस् । साथै अनावश्यक ढंगले अरूलाई गाली गर्ने, घमण्ड र अहंकार देखाउने काम बन्द गर्नुहोस्, बाँकी ३० गते मतदाताले देखाउनेछन् ।’

गत ५ वर्षको कार्यकालमा एमाले पार्टीको नेतृत्वले भुम्लुको जनताको हतिमा भन्दा पनि परिवारको हितमा गरेको अब हामी जनताको हितमा काम गरिदै जाने भुजेल बताउछन् । आगामी ५ वर्षमा भुम्लुलाई जिल्लाको नमुना पालिका बनाउने योजना सहित जनताको बिचमै रहेको उनले टेलिफोनमा बताए । सबै दलका युवाहरुलाई मेरो आवहान हामी जुटौ नफुटौ सामाजिक राजनितिक आर्थिक साँकृतिक धार्मिकरुपमा सम्पन्न सुन्दर शान्त समृद्ध भुम्लु गाउँपालिका बनाउन तर्फ लाग्न आम युवाहरुलाई भुजेलले अनुरोध गरे ।
भुजेलले यसबाट आयात निरुत्साहन गरेर कृषि वस्तु निर्यातसम्म गर्न बन्ने बताउँछन् । यस्तै युवाहरूलाई प्राकृतिक स्रोतहरूको उपयोग गरी स्थानीय स्तरमै स्वरोजगारी बनाउने तय गरिरहेको उनि बताउछन् । ‘हाम्रो १० वडा छ, यसमा १० बगैंचा निर्माण गर्न दिन वडामा जडिबुटी फार्म, तरकारी फार्म, पशुपालनको फार्म लगायतका विभिन्न स्वरोजगारका फार्म बनाउन लाग्ने भुजेल बताउछन् । भुजेल बृहद लाई साथ दिनको लागि गठबन्धन नेपाली कांग्रेस पार्टी बाट जितेन्द्र मान लामा दावा उपाध्यक्षमा उम्मेदवारी दिएर साथमा रहेकाछन् । भुम्लुको विकासका लागि गठबन्धनलाई जनताको साथ रहेको लामा बताउछन् । युवाहरुको नेतृत्व हेर्न बाँकी रहेको युवाले कुरा भन्दा पनि काम गरेर देखाउने लामा बताउछन् ।

तपाईको प्रतिक्रिया