भष्ट्राचार विरोधी र सत्यमात्रै बोल्ने विपिनको बल्थलीमा चर्चा

बल्थली÷जनआन्दोलन २०६२÷०६३ मा सडक तताउने एक युवा हुन् विपिन लामा । १८–२० बर्षे ठिटोसँग एमालेको सहयोग थियो अनि जनआन्दोलनमा होमियो । अनेरास्ववियु काभ्रेमा दुई पटक अध्यक्ष बनेर नेकपा एमालेको मुल प्रवाहका सकृय बन्यो ।
युवा परिषद् काभ्रेको अध्यक्ष बनेपछि काभ्रेमा निक्कै रचनात्मक कार्यहरु भयो । समाज सुधारसँगै सामाजिक कार्यमा कुशल विपिनले अध्ययनलाई निरन्तर अघि बढाए । उनले मास्टर डिग्रीसँगे । केही समय सामाजिक संघसंस्थामा आबद्ध भए । तर उनमा सामाजिक कार्यको भावना निरन्तर बढिरहेको थियो ।
उनले कहिल्यैपनि गाँउ छाड्ने कल्पना गरेनन् । आफ्नो जन्मभुमीको सेवा नै प्रमुख कर्तव्य ठानेर गाउँमै बसीरहे । निरन्तर सेवाभाव बोकेर । उनलाई स्थानीय जनता र नेकपा एमालेले राम्रोसँग नियाली रहेको थियो । नेकपा एमाले पूर्व जिल्ला कमिटीका सदस्य लामालाई यो पटक पार्टीले अवसर दियो ।
आसन्न स्थानीय तहको निर्वाचनमा पनौती नगरपालिका बडा नं ११ बल्थलीबाट उनी उम्मेदबार बनेका छन् । सरल जीवन, सामान्य पहिरन र भष्ट्राचार विरोधी विपिनको उम्मेदबारीले सिंगो बल्थली गाँउ जुरुक्क उठेको छ ।
पढेको र गाउँका लागि केही गरौ भन्ने भावना बोकेको युवा वडाअध्यक्ष पदमा उम्मेदबार बनेसँगै त्यसले उर्जा थपिएको छ । उर्जा नथिपोयोस पनि किन । यसअघिको नेतृत्वबाट बडाको समृद्धि पुरा हुन सक्ने अवस्था नै थिएन ।
साना साना कुराबाट समृद्धि हासिल गराउन सकिन्छ । कृिष र पर्यटनबाटै समृद्ध बल्थली बनाउन सकिने उद्घोष बोकेर अघि बढेका विपिनसँग सपना र योजना छ । त्यो योजना उनी बडाअध्यक्ष बनेपछि मात्रै पुरा हुन्छ ।
विश्वमा चिनिएको बल्थलीको पूर्वाधार विकाससँगै त्यहाँ आवश्यकता पुरा गराउने अभिभारा बोकेका विपिन सबैसँग मतको आव्हान गर्छन् । भष्ट्राचार गर्दिन नसक्ने कुरा बोल्दिन विपिन भन्छन् । मत दिनुस विकास र समृद्धिको अनुभुति गर्ने हिसाबले काम गर्नेछु ।

तपाईको प्रतिक्रिया