
बनेपा – बनेपा नगरलाई दुर्गन्धित शहरको रुपमा हेर्ने गरेको पाईन्छ । गत २०७४ सालको निर्वाचनमा नेकपा एमाले पार्टीका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएको बनेपामा फोहर व्यवस्थापन गर्न नसकी पाँच बर्षे कार्यकाल सम्पन्न भयो । तर फोहरको समस्या जहाँको तही छ । अर्को निर्वाचन आईसक्यो । आगामी बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नगरप्रमुख र उपप्रमुखले फोहरलाई मोहरमा बदल्ने र स्वच्छ सफा बनेपा शहर बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेपाली कांग्रेसका नेता शान्तिरत्न शाक्य र उपप्रमुखमा नेकपा (एकिकृत समाजवादी) पार्टीका नेता रघुवर चाँै प्रधानले उम्मेदवारी दिएका छन् । उनीहरूले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक पनि गरीसकेका छन् । बनेपालाई स्वच्छ, शुन्दर, सफा र हराभरा बनाउने लक्ष उनीहरूले राखेका छन् । आगामी ५ बर्ष भित्र बनेपा नगरलाई शुन्दर नगर बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । ‘हाम्रो रहर, सफा सरह’ प्रतिवद्धता पत्रमा उल्लेख छ, ‘फोहरबाट मोहर’
सफा सहर बनाउनको लागि उद्योगहरू खोलेर फोहरबाट मल, पलाष्टिकबाट पुन प्रयोग हुने सामग्री निर्माण गरी सफा बनाउने नगरप्रमुखका उम्मेदवार शान्तिरत्न शाक्यले जानकारी दिए । ‘आधुनिक प्रविधिको प्रयोग तथा ल्याण्डफिल्ड साईड निर्माण तिब्रगतीमा गर्नेछौँ ।’ नगरप्रमुखका उम्मेदवार शाक्यले भने, ‘फोहरको प्रकृति हेरेर विज्ञ टोलीहरूको सल्लाहामा फोहरलाई कच्चा पदार्थको रुपमा लिएर उद्योग सञ्चालन गरी आम्दानीको स्रोतमा बृद्धि पनि हुने छ र बनेपा नगर सफा नगर बनाउने योजनासहित हामी उपस्थित भएका छौँ । निर्वाचवन पश्चात हामी यो काम अविलम्ब गर्ने प्रतिवद्धता पनि जनाउछौँ ।’ हाल निर्माण भएका पूर्वाधारहरूलाई सञ्चालन योग्य बनाई ढल निकासालाई व्यवस्थित बनाउने योजना पनि रहेको उनले बताए । निश्चित किसिमका फोहरलाई वर्गिकरण र संकलन गरी अलग्गै फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गर्ने लक्ष रहेको पनि शाक्यले बताए ।
त्यससँगै बनेपामा घर घरमा धारा धारामा हावा रहेकोमा धारामा पानी आउने वयवस्था गर्ने शाक्यले बताए । काभ्रे एकिकृत खानेपानी आयोजना छिटै सम्पन्न गरी घरघरको धारामा खानेपानी छेलोखेलो बनाउने उनको भनाई छ । ‘बनेपा धुलिखेल र पनौती नगरपालिकालाई समेट्ने गरी निर्माण भएको आयोजना तीनवटै नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित भएपनि आयोजना सम्पन्न गर्न सकेन ।’ शाक्यले भने, ‘अव हामीलाई जिताउनुभो भने तत्कालै आयोजना सम्पन्न गरी जनतालाई पानीको समस्याबाट मुक्त गर्नेछौँ ।’
बनेपा गठबन्धनको प्रतिवद्धता बनेपा नगर सफा नगर बनाउने योजना
2022-05-08T08:08:14+05:45

तपाईको प्रतिक्रिया