काभ्रेमा गठबन्धन हुने सहमति


काभ्रे जिल्लामा गठबन्धन बिच बागती प्रदेशले तालमेलको बिषयमा सहमति गरेकाछन् । नेपाली कांग्रेस, नेकपा माओवादी र समाजवादी पार्टी बिच स्थानीय तहको निर्वाचनको लागि तालमेत गर्ने सहमति भएकाछन् । प्रदेशमा भएका सहमति अनुसार नेपाली कांग्रसले नगरपालिका तर्फ बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल र गाउँपालिका तर्फ बेथानचोक, रोशी र तेमालमा प्रमुखको लागि पाएकाछन् । माओवादी केन्द्रले महाभारत, खानिखोला, चौरी देउराली र भुम्लु गाउँपालिकाको प्रमुखमा सहमति भएकाछन् । समाजवादी पार्टीले धुलिखेल नगरपालिका र मण्डनदेउपुर नगरपालिका प्रमुखमा सहमति गरिएको छ । यो समचार तयार हुने समय सम्ममा गठबन्धनले उप प्रमुखहरुमा भने सहमति गर्न सकिएको छैन ।

तपाईको प्रतिक्रिया