भुम्लुमा माओवादी र समाजवादीबीच गठबन्धन


जिल्लाको भुम्लु गाउँ पालिकामा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी बिच गठबन्धन गरिने बिषयमा सहमति भएको छ । आज भएको सहमति अनुसार भुम्लु गाउँपालिकामा प्रमुख अध्यक्षमा माओवादी केन्द्र र उप प्रमुखमा एकिकृत समाजवादीलाई परेको क्रान्ति लामाले जानकारी दिए । १० ओटा वडा रहेको भुम्लु गाउँ पालिकामा माओवादी र समाजवादीलाई ५– ५ वडामा सहमति गरिएको लामाले जानकारी दिए । वडा नं १,३,४,५ र ६ माओवादी केन्द्रको वडा अध्यक्ष र २,७,८,९ र १० मा समाजवादीको वडा अध्यक्ष उमेदार रहने छलफल गरि सहमति भएको लामाले जानकारी दिए । आज भएको सहमति पत्रमा दुई दलको अध्यक्षहरु माओवदी केन्द्र बाट प्रमे भुजेल र समाजवादी बाट प्राणनाथ न्यौपानेले हस्ताक्षर गरेकाछन् ।

तपाईको प्रतिक्रिया